१९ असार २०८३, शुक्रबार
,
Latest
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई ७ विश्वविद्यालयका उपकुलपति नियुक्त, कुन विश्वविद्यालयमा को ? उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी ‘एआई फर गुड ग्लोबल समिट’मा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट एक जना पक्राउ धानको बीउमा मरुवा रोगको समस्या ‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’ कोशी प्रदेशसभा: विधेयकमाथि छलफल सुरु वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट खेलाडीको कोरोना बीमा गरिने



अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले खेलाडीको कोरोना बीमा गर्न लागेको हो । 

कोरोना भाइरसको महामारी फैलिँदै गएपछि राष्ट्रिय टोलीमा रहेका पुरुष खेलाडीको कोरोना बीमा गर्ने तयारी गरिरहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । “अवस्था हेरेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षण गर्ने योजना छ”, उहाँले भन्नुभयो, “हाललाई पुरुष खेलाडीको कोरोना बीमा गर्छौँ ।” सिनियर पुरुष टोलीको खेलाडीको कोरोना बीमा गर्ने क्यानको योजना छ । 

अग्रभागमा काम गर्ने कर्मचारीको समेत क्यानले कोरोना बीमा गर्ने जनाएको छ । “सरकारको निषेधाज्ञाको घोषणाले बीमा गर्न ढिलाइ हुन्छ”, प्याकुरेलले भन्नुभयो । क्यानले खेलाडी, खेल मैदानका कर्मचारी, कार्यालयका कर्मचारी, फिजियोलगायतको कोरोना बीमाको प्रक्रिया अगाडि बढाएको छ । कोरोनाका कारण क्रिकेट खेलाडी लामो समयदेखि प्रशिक्षणबाट वञ्चित छन् । यही भदौ १ गतेदेखि थाल्ने भनिएको प्रशिक्षण सरकारको निर्देशनपछि हाललाई स्थगित गरिएको छ ।