२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेड र आर्सनलले अंक बाँडे, टोटेनहम पनि बर्नमाउथसँग बराबरीमा रोकियो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । गएराति भएको खेलमा आर्सनल म्यान्चेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको हो ।

घरेलु मैदान वल्ड्र ट्राफोर्डमा खेलको पहिलो हाफको इन्जुरी समयमा युनाइटेडले खेलमा अग्रता बनाएको थियो । कप्तान ब्रुनो फर्नान्डेजले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका हुन् ।

यता, ७४ औं मिनेटमा डेक्लान राइसले गोल गर्दै आर्सनललाई हारबाट जोगाए । यो बराबरीसँगै उपाधि होडमा रहेको आर्सनललाई धक्का लागेको छ । यसअघिका दुई खेलमा पनि उसले सुखद नतिजा निकाल्न सकेन ।

एक खेलमा हार तथा एक खेलमा अंक बाँड्यो । २८ खेलबाट ५५ अंक जोडेको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा छ । २९ खेलबाट ७० अंकका साथ लिभरपुल शीर्षस्थानमा छ । युनाइटेड ३४ अंकका साथ १४ औं स्थानमा छ ।

यस्त,ै गएराति नै भएको अर्को खेलमा टोटेनहमले बर्नमाउथसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो । खेलको ४२ औं मिनेटमा मार्कुस ताभेमिरले गोल गर्दै पाहुना टोलि बर्नमाउथलाई सुरुवाती अग्रता दिलाए ।

६५ औं मिनेटमा इभानिल्सनको गोलबाट बर्नमाउथले खेलमा २–० को अग्रता बनायो । तर, ६७ औं मिनेटमा पेप माटर सरले तथा ८४ औं मिनेटमा सन हेउंग मिनले (पेनाल्टी) गोल गर्दै टोटेनहमलाई हारबाट जोगाए ।

यो नतिजापछि २८ खेलबाट ४४ अंक जोडेको बर्नमाउथ तालिकाको आठौं स्थानमा छ भने टोटेनहम ३४ अंकका साथ १३ औं स्थानमा छ ।