१९ असार २०८३, शुक्रबार
,
Latest
कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई ७ विश्वविद्यालयका उपकुलपति नियुक्त, कुन विश्वविद्यालयमा को ? उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी ‘एआई फर गुड ग्लोबल समिट’मा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट एक जना पक्राउ धानको बीउमा मरुवा रोगको समस्या ‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’ कोशी प्रदेशसभा: विधेयकमाथि छलफल सुरु वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा… केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ७ सय ७ जनामा कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । पछिललो २४ घण्टामा ७ सय ७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जसमध्ये १ सय ९२ महिला र ५ सय १५जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ७४ ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २ सय ६४ जना र आज सम्म १७ हजार ९ सय ६४ जना रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

हाल सम्म देशभर ११ हजार ५ सय ५५ जम्मा सक्रिय संक्रमितको संख्या रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ८ हजार ८३ जना रहेको छ । जसमध्ये प्रदेश १ मा १ हजार ४५ जना, प्रदेश २ मा १ हजार ९ सय ५३ जना, बागमती प्रदेशमा २ हजार ९ सय २३ जना, गण्डकी प्रदेशमा ३ सय १५, प्रदेश ५ मा ८ सय ३७ जना, कर्णाली प्रदेशमा २ सय ५३ जना र सूदुरपश्चिम प्रदेशमा ७ सय ५७ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या प्रदेश १ मा २ सय ५७ जना, प्रदेश २ मा २ हजार ७ सय ८९ जना, बागमती प्रदेशमा १ सय ११, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा २ सय ४२, कर्णाली प्रदेशमा १८ र सूदुरपश्चिम प्रदेशमा २८ गरी जम्मा ३ हजार ७ सय ७२ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा देशभर ३९ प्रयोगशालाबाट ११ हजार ८ सय ३२ पीसीआर परीक्षण भएको छ । यससँगै हालसम्म कुल ५ लाख ६६ हजार २ सय २० पीसीआर परीक्षण भएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७ सय ६८ रहेको छ ।