२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी विद्यालयमा नेपाल स्काउटलाई प्राथमिकतामा राख्न अनुरोध



अ+ अ-

काठमाडौँ।  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निजी विद्यालयले नेपाल स्काउटलाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको छ ।

निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)को १६औँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले स्काउटले विद्यार्थीलाई अनुशासनमा राख्नुका साथै हरेक क्षेत्रमा अगाडि बढ्न सहयोग गर्ने बताउनुभयो । मन्त्री चौधरीले मन्त्रालयले निजी विद्यालयमा सात दिनको तालिमका लागि प्रशिक्षक पठाउन तयार रहेको बताउनुभयो ।

प्याब्सनले विद्यालयस्तरमा खेलकुद गराएमा त्यसले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग मिल्ने उहाँको भनाइ थियो । मन्त्री चौधरीले निजी विद्यालयले खेलाडीका छोराछोरीलाई खेलकुद मन्त्रालय वा राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमवहादुर शाहले निजी विद्यालयले प्राविधिक शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले नेपालमा राम्रो शिक्षा भए पनि विदेशिने क्रम बढेकाले सरकारले विद्यार्थीलाई विदेशिन नदिने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर मुलुकमै शिक्षा प्रदान गर्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले निजी लगानीलाई सुनिश्चित हुने गरी निःशुल्क शिक्षा व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले निजी विद्यालयलाई अहिले विकल्प दिन नसकिने भएकाले हरेक विद्यालयले दिने शिक्षा समान हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले शिक्षक, विद्यालय र विद्यार्थीमैत्री शिक्षा ऐन जारी गर्नुपर्नेमा जोड दिनुभयो ।  अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले प्याब्सनले विद्यार्थीलाई विदेश जानबाट रोकेकाले शिक्षा ऐन सबैलाई समेट्ने हुनुपर्नेमा जोड दिनुभयो ।

प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले उच्च शिक्षाका लागि विदेशिने क्रम बढेकाले सरकारले उचित निर्णय नलिने हो भने अझ बढ्ने बताउनुभयो ।  मङ्गलबारसम्म चल्ने महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरिका एक हजार पाँच सय दुई जना प्रतिनिधि सहभागी छन् ।