१९ असार २०८३, शुक्रबार
,
Latest
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई ७ विश्वविद्यालयका उपकुलपति नियुक्त, कुन विश्वविद्यालयमा को ? उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी ‘एआई फर गुड ग्लोबल समिट’मा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट एक जना पक्राउ धानको बीउमा मरुवा रोगको समस्या ‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’ कोशी प्रदेशसभा: विधेयकमाथि छलफल सुरु वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका कारण वृद्धाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–३ गोठसोरमा एक वृद्धाको मृत्युपछि कोरोना पुष्टि भएको छ । एक सय आठ वर्षीया वृद्धाको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । उहाँको मङ्गलबार मात्रै पिसिआर परीक्षण नतिजा आएको हो । नतिजामा कोरोना सङ्क्रमण देखिएको छ । 

साउन २४ गते क्यान्सर अस्पतालमा कार्यरत आफन्तले भेटघाट गरेर गएसँगै आफन्तको नमूना परीक्षणका क्रममा सङ्क्रमित देखिएपछि उहाँको स्वाब सङ्कलन गरिएको थियो । उहाँसँगै ती सङ्क्रमितको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा मृतकको हेरचाह गर्ने चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मृतक वृद्धाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ ।