१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिसिएमसीको बैठक बस्दै, आगामी रणनीतिबारे छलफल हुने



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न कोभिड-१९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक आज बस्दैछ। बैठक साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको हो।

संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल गर्नका लागि योजना बनाउनेबारे छलफल हुने सिसिएमसी स्रोतले बतायो।

सरकारले एकमुष्ट रूपमा लकडाउन नगरे पनि स्थानीय तह र जिल्ला प्रशासनहरूले आवश्यकताका आधारमा निषेधाज्ञा र लकडाउन गरिरहेका छन्।