२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताः आठ टोली फाइनलमा प्रवेश



अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा आठ टोली फाइनलमा प्रवेश गरेका छन् ।

मादी नगपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन सेमिफाइनलका खेलहरू सम्पन्न भएका छन् । आज ओखरबोटे बजारको कभर्डहलमा भएको सेमिफाइनल खेलबाट पुरुष डबल भेट्रान्सतर्फ पोखराका विशाल खड्का, मोरङका उत्तम सिम्खडा र सङ्खुवासभाका अमर विष्ट र राजु श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् ।

खुल्ला पुरुष डबलतर्फ उदयपुरका विनय चौधरी, मोरङका लाक्पा शेर्पा र सङ्खुवासभाका सुनिलजङ्ग कार्की भोजपुरका विशाल तामाङ फाइनल प्रवेश गरेका छन् । पुरुष डबस ‘बी’ डिभिजनतर्फ सङ्खुवासभाका दिनेश राई, दिवन तामाङ र सङ्खुवासभाका सन्दीप भगत र गङ्गालाल श्रेष्ठ फाइनल प्रवेश गरेका छन् । त्यसैैगरी, महिला डबल उदयपुरका रोजी राई, सृष्टि राई र इलामकी निशामहाङ्मा सुब्बा र सङ्खुवासभाकी एलिना श्रेष्ठ फाइनल प्रवेश गरेका छन् ।

‘विकास, अनुशासन र गतिशीलताका लागि पृथक पहिचान, मादी नगरपालिकाको शान’ भन्ने नाराका साथ बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका विभिन्न राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको नगरप्रमुख जीवन लिङ्थेपले बताउनुभयो । पुरुष डबलतर्फका प्रथम, द्वितीय र तृतीय हुने दुई टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमशः नगद रु ७५ हजार, रु ५० हजार र रु २०/२० हजार प्राप्त गर्नेछन् । पुरुष डबल भेट्रान्सतर्फका प्रथम, द्वितीय र तृतीय हुने दुई टोलीले ट्रफी,  मेडल र प्रमाणपत्रसहित नगद रु ५० हजार, रु ३० हजार र रु १०/१० हजार प्राप्त गर्नेछन् ।

यस्तै, महिला डबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने दुई टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु ४० हजार, रु ३० हजार र रु १०/ १० हजार प्राप्त गर्नेछ । ब्याडमिन्टन प्रतियोगितामा ५९ वटा टोलीले सहभागी भएका आयोजकले जनाएको छ । आइतबार प्रतियोगिताको समापन खेल हुँदैछन् । रासस