२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय उमा कुङफुमा बागमती टिम च्याम्पियन



अ+ अ-

काठमाडौँ। बागमती प्रदेशले सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिताको उपाधि शनिबार जितेको छ । सर्वाधिक १९ स्वर्ण जित्दै बागमती टिम च्याम्पियन बन्यो ।

राष्ट्रिय उमा कुङफु संघको आयोजनामा चप्पल कारखानास्थित कुन्डलिनीमा भएको प्रतियोगितामा कोशी प्रदेश १३ स्वर्णसाथ दोश्रो भयो । तेश्रो स्थानको गण्डकी प्रदेशले ७ स्वर्ण जित्यो ।

प्रतियोगिताको पुरुषमा राकेश कुलुङ राई तथा महिलामा आरोनिया श्री उत्कृष्ट खेलाडी घोषित भएको आयोजक संघका अध्यक्ष सन्जितकुमार राईले जनाएका छन् । उत्कृष्ट दुवै बागमतीका हुन् ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गर्दै सीमित श्रोत र साधन बावजुद उमा कुङफु संघले आफ्नै पहलमा गरेको कार्यको प्रशंसा गरे । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार बस्नेतले उमा कुङफु संघका पदाधिकारीको टिम वर्क र क्रियाशिलताको सराहना गरे ।

उद्घाटनका अवसरमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल संघका अध्यक्ष सन्जितकुमार राई, उपाध्यक्ष भूपेन्द्र गुरुङ र महासचिव कमल मगरलाई खेलकुद मन्त्री चौधरीले प्रशंसा पत्रसहित सम्मान गरेका थिए । सम्मानित तीनै अन्तर्राष्ट्रिय निर्णायक हुन् । सोही अवसरमा उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ पनि सम्मानित भए ।

विजेतालाई आयोजक संघका पदाधिकारीलगायतले पुरस्कृत गरे । एकदिने प्रतियोगिताको सान्डा, ताइची र प्याटर्नमा गरी जम्मा ३९ स्पर्धामा १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उपत्यका बाहिरका खेलाडीको खाना, बसोवास र यातायतको सुविधा आयोजकले व्यवस्थापन गरेको थियो ।