२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा



अ+ अ-

काठमाडौँ । सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ ।

नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले सोमबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपालले मार्च २१ मा सिंगापुरसँग उसको मैदानमा खेल्नेछ, भने मार्च २५ मा मलेसियासँग एएफसी एसियन कपको छनोट खेल खेल्नेछ ।

एक वर्षको कार्यकालका लागि नियुक्त भएपछि रसको प्रशिक्षणमा नेपालले पहिलो खेल खेल्दैछ ।

नेपाली राष्ट्रिय फुटबल टिमः

गोलकिपर– किरण चेम्जोङ, दीप कार्की र अन्जल श्रेष्ठ ।

डिफेन्डर– अनन्त तामाङ, बिमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु र सुमन श्रेष्ठ ।

मिडफिल्डर– रोहित चन्द, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी र कृतिश रत्न छुन्जु ।

फरवार्ड– जिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुवास ठकुरी बाम र रेजिन सुब्बा ।