१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्दै चन्द्रागिरि नगरपालिका



अ+ अ-

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्नेभएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पिसीआर परीक्षण गर्न लागेको जानकारी दिनुभयो । “नगरपालिकाभित्र अग्र भागमा खटेर काम गर्ने व्यक्तिको पिसीआर परीक्षण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । 

नगरपालिकाभित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, औषधि र नाइ पसलमा कार्यरत व्यक्तिको पिसिआर परिक्षण गर्न लागिएको हो । नगरपालिकाले नेपाली सेनाको सहकार्यमा उक्त परीक्षण गर्न लागेको हो ।सङ्क्रमितको उपचारका लागि नगरपालिका–१ दहचोकमा रहेको मनमोहन अस्पतालमा आइसोलेशन सेन्टर स्थापना गर्न लागिएको छ । यसै हप्ताबाट सञ्चालनमा आउने उक्त आइसोलेशन २०० श्ययाको हुनेछ । हाल सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा चन्द्रागिरिका बासिन्दाको कोरोना परिक्षण गराइएको छ । चन्द्रागिरिमा हालसम्म ३४ जनामा कोरोना सङ्क्रमण देखिसकेको छ ।  

यसअघि नगरपालिकाले स्वास्थ्य सेवा विभागको सहकार्यमा नागढुङ्गाबाट काठमाडौँ भित्रिने पाँच हजार बढी यात्रुको पिसीआर परीक्षणका लागि स्वाव सङ्कलन गरेको थियो । अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म स्थगित 

नगरपालिकाले नगरपालिकाभित्र पछिल्लो समय कोरोना सङ्क्रमणदर फैलिँदै गएसँगै आगामी भदौ १५ गतेसम्मलाई अत्यावश्यक बाहेक अन्य सबै सेवा स्थगन गर्ने निर्णय गरेको छ । 

नगरप्रमुख गिरीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले चन्द्रागिरिभित्र अत्यावश्यक बाहेक अन्य सेवा स्थगन गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै अब नगरपालिकाले स्वास्थ्य सेवा, कोभिड–१९ नियन्त्रण र उपचार सेवा, विपद् व्यवस्थापन सेवा, सामाजिक सुरक्षा दर्ता तथा नवीकरण र पशु सेवा मात्र प्रदान गर्ने भएको छ । 

वडा कार्यालयका अत्यावश्यक सेवा दिउँसो १ बजेसम्म प्रदान गर्ने र कर्मचारी र जनप्रतिनिधि आलोपालो गरी सेवा प्रदान गरिने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो । यस्तै स्वास्थ्य सेवा प्रवाह गर्दा स्वास्थ्यकर्मीले आवश्यकताअनुसार आलोपालो गरी सेवा मिलाउने नगरपालिकाले जनाएको छ ।