२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोआओ फोरममा चीनका लागि नेपाली राजदूत ओली सहभागी



अ+ अ-

काठमाडौं । बोआओ फोरम फर दक्षिण एसियाको सन् २०२५ को सम्मेलन दक्षिण चीनको हाइनान प्रान्तमा आजदेखि सुरु भएको छ । चीनको अग्रसरतामा सन् २००१ मा स्थापित यो फोरममा सन् २००६ मा अष्ट्रेलिया थपिएको थियो । अहिले यो फोरमा २८ देश सदस्य रहेका छन् ।

चीनले आयोजना गर्ने यस डिप्लोम्याटिक फोरममा एसियाका विभिन्न क्षेत्र र विषयहरुका बारेमा छलफल हुने गर्दछ । यस बर्ष सो फोरमको थिम “परिवर्तनशील विश्वमा एशियाः साझा भविष्यतर्फ” भन्ने रहेको छ । यसै विषयवस्तुमा आधारित यो वर्षको बोआओ फोरम फर एसिया वार्षिक सम्मेलन आजदेखि यही २८ मार्चसम्म सञ्चालन हुनेछ ।

यस वर्षको उक्त सम्मेलनमा ६० भन्दा बढी देश र क्षेत्रबाट करिब दुई हजार जना प्रतिनिधिहरू सहभागी हुने भएका छन् । उक्त फोरममा नेपालका तर्फबाट चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली सहभागी हुनुभएको छ ।

सो फोरममा नेपाल सदैव सहभागी हुने गरेको छ । नेपालबाट सो फोरममा प्रायः मन्त्रीस्तरीय सहभागिता हुने गरेको छ । यसबर्ष पनि परराष्ट्र मन्त्रालयलाई निमन्त्रणा आएकामा मन्त्रालयले चीनका लागि नेपाली राजदूत डा ओलीलाई सहभागी बनाएको हो ।




भर्खरै