२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः कोलकाताले राजस्थानलाई आठ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)ले अलराउन्ड प्रदर्शनले राजस्थान रोयल्स (आरआर)लाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

गुवाहाटीको बार्सपारा क्रिकेट रंगशालामा बुधबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । जवाफमा कोलकाता नाइट राइडर्सले १७.३ ओभरमा दुई विकेट गुमाएर १५३ रन बनाएर खेल जित्यो ।

१५२ रनको लक्ष्य पछ्याएको केकेआरलाई मोइन अली र क्विन्टन डी ककले उत्कृष्ट सुरुवात गरेका थिए । यी दुईबीच पहिलो विकेटका लागि ४१ रनको साझेदारी भएको थियो । अलीलाई महिश तिक्षाणाले रनआउट गराए । यसपछि डि ककले कप्तान अजिंक्य रहाणेको साथ पाए । दुवैले २४ बलमा २९ रन जोडे ।

११ औं ओभरको पहिलो बलमा रहाणेलाई तुषार देशपाण्डेले वानिन्दु हसरङ्गाबाट क्याच आउट पारे । उनी १५ बलमा १८ रन बनाएर आउट भए । यसपछि विकेटकिपर ब्याट्सम्यान डी ककले प्रभावशाली खेलाडीका रुपमा आएका अङ्क्रिश रघुवंशीको साथ पाए ।

दुवैले ८३ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए । यस खेलमा डी कक ९७ रनमा अविजित रहे भने रघुवंशी २२ रनमा अविजित रहे । राजस्थानका लागि हसरंगा बाहेक कुनै पनि बलरले सफलता पाउन सकेनन् ।

यो खेलमा राजस्थानले उत्कृष्ट सुरुवात गरेको थियो । यशस्वी जैसवाल र सञ्जु सामसनबीच पहिलो विकेटका लागि ३३ रनको साझेदारी भएको थियो । चौथो ओभरमा वैभव अरोराले विकेटकिपर ब्याट्सम्यान सामसनलाई बोल्ड गरे । उनी ११ बलमा १३ रन बनाएर आउट भए ।

त्यसपछि रियान पराग र जैसवालले जिम्मेवारी सम्हालेका थिए । दुवैले दोस्रो विकेटका लागि ३४ रन जोडे । कप्तान परागले २५ रन बनाउन सके । राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रनको इनिङ खेले । उनका अलावा नितिश राणाले आठ, वानिन्दु हसरंगाले चार, शुभम दुबेले नौ र जोफ्रा आर्चरले १६ रन बनाए ।

महिष तिक्षाणा र तुषार देशपाण्डेले क्रमशः १ र २ रन बनाएर अविजित रहे । केकेआरका लागि वैभव अरोरा, हर्षित राणा, मोइन अली र वरुण चक्रवर्तीले २–२ विकेट लिए । योसँगै स्पेन्सर जोन्सनले जोफ्रा आर्चरको रूपमा अन्तिम ओभरमा सफलता पाए ।

यो जितसँगै कोलकाता तालिकाको छैटौं स्थानमा उक्लिएको छ । अर्कोतर्फ राजस्थान लगातार दुई खेलमा पराजित हुँदै पुछारमा पुगेको छ । सनराइजर्स हैदरावाद २ अंक र २.२०० को नेट रनरेटका साथ शीर्ष स्थानमा छ ।

आजको खेलः सनराइजर्स हैदराबाद भर्सेस लखनउ सुपर जायन्ट्स – ७ः४५ बजे