२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल आजः हैदराबादलाई लखनउको चुनौति



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सातौं खेलमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

हैदराबादले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्सविरुद्ध शानदार जित हात पारेको थियो । अर्कोतर्फ, लखनउ भने दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो ।

हेड टु हेड

हैदरावादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा दुई टोलीबीच २ खेल खेलिएको थियो । दुवैले १–१ ले जितेका छन् । दुवै टोली गत सिजन यहाँ अन्तिम पटक आमनेसामने भएका थिए । यस खेलमा हैदरावादले लखनउलाई १० विकेटले पराजित गरेको थियो ।

हैदरावाद र लखनउबीच हालसम्म ४ वटा आईपीएल खेल भइसकेका छन् । जसमा एलएसजीले ३ पटक जितेको छ भने एसआरएचले मात्र एक पटक जितेको छ ।

सनराइजर्स हैदराबाद
हैदरावादको शीर्ष ५ मा ओपनर ट्राभिस हेड र अभिषेक शर्मासँगै फास्ट ब्याट्सम्यान छन् । हेनरिक क्लासेन र इशान किशनका रुपमा मिडल अर्डरका ब्याट्सम्यान पनि छन् । इशान टोलीका सर्वाधिक स्कोरर हुन् । उनले पछिल्लो खेलमा राजस्थानविरुद्ध १०६ रनको अविजित इनिङ खेलेका थिए । यस्तै, सिमरजीत सिंहले २ विकेट लिएका छन् ।

लखनउ सुपर जायन्ट्स
लखनउका निकोलस पुरन, डेभिड मिलर, शाहबाज अहमद र अब्दुल समदले फिनिसिङलाई बलियो बनाइरहेका छन् । पुरनले पछिल्लो खेलमा ७५ रनको इनिङ खेलेका थिए । उनी टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । बलिङमा शार्दुल ठाकुर शीर्ष स्थानमा छन् । उनले दुई विकेट लिएका छन् ।

कस्तो छ पिच ?
हैदरावादको राजीव गान्धी इन्टरनेशनल स्टेडियमको पिच ब्याटिङ मैत्री छ, यसले बलरहरूलाई पनि केही सहयोग गर्छ । उच्च स्कोरिङ खेलहरू यहाँ हुन्छन् । यस सिजनको अन्तिम खेल हैदरावाद र राजस्थानबीच भएको थियो । पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेट गुमाएर २८६ रन बनाएको थियो । जवाफमा राजस्थानले पनि २४२ ​​रन बनाएको थियो ।

यस रंगशालामा हालसम्म ७८ आईपीएल खेल भइसकेका छन् । जसमध्ये ३५ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने ४३ खेल पछ्याउने टोलीले जितेको छ । रेकर्ड हेर्दा टस जित्ने टोलीले पहिले बलिङ रोज्न सक्छ ।

हैदरावादमा आज पानी पर्ने सम्भावना छैन । दिनभर घाम लाग्ने छ । तापक्रम २४ देखि ३७ डिग्री सेल्सियसको बीचमा हुनेछ ।

सम्भावित सुरुवाती–१२
सनराइजर्स हैदरावादः प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, इशान किशन, नितिश रेड्डी, हेनरिक क्लासेन (विकेटकिपर), अनिकेत वर्मा, अभिनव मनोहर, सिमरजीत सिंह, हर्षल पटेल, मोहम्मद शामी र एडम जाम्पा ।

लखनऊ सुपर जायन्ट्सः ऋषभ पन्त (कप्तान), एडेन मार्कराम, मिचेल मार्श, निकोलस पूरन, आयुष बडोनी, डेभिड मिलर, शाहबाज अहमद, आवेश खान, दिग्वेश राठी, शार्दुल ठाकुर, रवि बिश्नोई, एम सिद्धार्थ ।