२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटः बाग्मती चार विकेटले पराजित



अ+ अ-

रूपन्देही। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई चार विकेटले पराजित गरेको छ ।

बाग्मती प्रदेशले दिएको २६० रनको लक्ष्य मधेस प्रदेशले ४६.१ ओभरमा ६ विकेट गुमाउँदै हासिल ग¥यो । मधेसका लागि कप्तान अनिलकुमार साहले सर्वाधिक अविजित ७० रन बनाए । उनले ५३ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे । साथै रोहन विश्वकर्माले ३९, हरिशङ्कर साहले ३३, पवन सर्राफले ३१ र रुपेश सिंहले अविजित २५ रन बनाए ।

बाग्मती प्रदेशका लागि सूर्य तामाङले दुई विकेट लिए भने  रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले समान एक÷एक विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको बाग्मतीले इशान पाण्डेको शतकीय पारीमा आठ विकेट गुमाउँदै २५९ रन बनाएको थियो । बाग्मतीका लागि इशानले १२७ बल खेल्दै १४ वटा चौकाको सहयोगमा ११४ रन बनाए । उसका लागि रिजन ढकाल र विवेक मगरले समान ३०÷३० रन बनाउँदा विपिन आचार्यले २७ रन बनाए ।

मधेसका लागि हरिशङ्कर साह, पवन सर्राफ र अनिल साहले समान दुई÷दुई विकेट लिए ।  प्रतियोगितामा चार जित र पाँच हारसहित आठ अङ्कले साताँै स्थानमा छ भने चार जित र पाँच हारसहित बाग्मती अङ्कतालिकाको चौथो स्थानमा छ । उपाधिका लागि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । रासस