२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मुल्य फेरि बढ्यो, तोलामा लाख नाघ्यो



अ+ अ-

काठमाण्डौँ । नेपाली बजारमा सुनको मुल्य एक लाख रुपैयाँ नाघेको छ । लगातार उकालो लागेको सुनको मुल्य बुधबार एकैदिन तोलामा १६ सय रुपैयाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको हो । 

महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ।

यस्तै चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको छ ।