२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पले ७५ दिन थपे टिकटकमाथिको प्रतिवन्धको म्याद



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार लोकप्रिय भिडियो–सेयरिङ एप टिकटकलाई गैर–चिनियाँ कम्पनीलाई बेच्न वा संयुक्त राज्य अमेरिकामा प्रतिवन्धित हुने जोखिम लिन थप ७५ दिनको म्याद दिने बताउनुभएको छ ।

आफ्नो प्रशासन टिकटकलाई बचाउने सम्झौतामा धेरै कडा परिश्रम गरिरहेको उहाँको दाबी छ । सबै आवश्यक अनुमोदनहरूमा हस्ताक्षर भएको सुनिश्चित गर्न सम्झौतामा थप काम आवश्यक रहेको र टिकटकलाई थप ७५ दिनसम्म सञ्चालनमा राख्न कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताउनु भयो ।

आफूहरु चीनसँग राम्रो विश्वासका साथ काम गरिरहने आशा गरेको बताउनु भयो । अप्रिल २०२४ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले निराधार राष्ट्रिय सुरक्षा चिन्ताहरू उद्धृत गर्दै बाइटडान्सलाई टिकटक बेच्न २७० दिनको समय दिने कानूनमा हस्ताक्षर गर्नुभएको थियो ।

जनवरी २० मा पदभार ग्रहण गर्नुभएका ट्रम्पले पहिले टिकटक प्रतिवन्धलाई ७५ दिन ढिलाइ गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।