७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार एशोसिएसनको महासचिवमा एमालेनिकट केदार कोइराला निर्वाचित



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएसनको महासचिवमा एमालेनिकट पीपीएलएका उम्मेदवार केदार प्रसाद कोइराला निर्वाचित भएका छन् ।

ललितपुरको करिब ५ सय मत गणना बाँकी रहँदा नेपाल बारको महासचिवमा कोइरालाको जित सुनिश्चित भएको हो ।

मतगणनाका पछिल्लो विवरण अनुसार कोईरालाले ४ हजार ६० मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले १७०५ मत ल्याएका छन् ।

यससँगै, बार एशोसिएसनमा पीपीएलएको बहुमत सुनिश्चित समेत भएको छ । पीपीपएलएले महासचिवसहित चार प्रदेश उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य गरी २५ मध्ये १३ सीट जितेको छ । कोशीका उपाध्यक्ष पदम लिम्बु, उपत्यकाबाट सरस्वती श्रेष्ठ, गण्डकीबाट भूपेन्द्र खनाल, सुदूरपश्चिमबाट सिद्धराज ओझा र कोषाध्यक्ष जगतबहादुर कार्कीको जित निश्चित भईसकेको छ ।