२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा क्षेत्रका पर्यटक दोब्बरले ह्रास



अ+ अ-

सोलुखुम्बु । गत आर्थिक वर्षमा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या करिब ५० प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा ५७ हजार २९८ जनाले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको भए पनि आव २०७६/७७ मा ३२ हजार ६३७ ले मात्र भ्रमण गरेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार गत आवमा ३१ हजार ५३५ विदेशी र एक हजार १०२ नेपालीले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् जसमा एक हजार १६७ सार्क राष्ट्रका पर्यटक छन् ।

भ्रमण वर्ष २०२० को शुरुआती चरणमै कोरोना भाइरसको जोखिम उच्च भएपछि पर्यटन क्षेत्रमा ठूलो असर परेको टानका प्रथम उपाअध्यक्ष चोलेन्द्र कार्कीको भनाइ थियो । सोही कारण सगरमाथा क्षेत्रमा आउने पर्यटकको सङ्ख्यासमेत दोब्बरले घटेको व्यवसायीको भनाइ छ । आव २०७५/७६ मा ५७ हजार २९८ ले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको भएपनि गतवर्ष यसको सङ्ख्या करिब दोब्बरले घट्नका पछाडि कोरोना भाइरसको महामारी प्रमुख रहेको छ ।

यसैबीच सगरमाथा राष्ट्रिय निकुञ्जले आव २०७६/७७ मा रु साढे नौ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गत आवमा निकुञ्ज क्षेत्र भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटक तथा अन्य गतिविधिबाट रु नौ करोड ५७ लाख ६० हजार ९९४ राजश्व सङ्कलन भएको हो । वन रोयल्टीबाट रु नौ करोड ४२ लाख ४३ हजार ९६१, अन्य प्रशासनिक सेवा शुल्कबाट रु चार लाख आठ हजार, वन क्षेत्रको रोयल्टीबाट रु १० लाख ९२ हजार ८०२ सङ्कलन भएको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । कार्यालयका प्रमुख भूमिराज उपाध्यायका अनुसार रु १६ हजार २३० बेरुजु असुली गरिएको छ ।

                                          निकुञ्जले खुम्बु पासाङल्हामु गाउँपालिकाको जोरसल्ले र काठमाडौँको भृकुटीमण्डपमा काउण्टर स्थापना गरेर राजश्व सङ्कलन गरिरहेको छ । कार्यालयका अनुसार नाम्चेस्थित कार्यालयबाट रु आठ करोड ५६ लाख ११ हजार ९९४ र काठमाडौँ भृकुटीमण्डपस्थित काउन्टरबाट रु एक करोड १४ लाख नौ हजार सङ्कलन भएको छ । निकुञ्जले विदेशी पर्यटकबाट प्रतिपर्यटक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट रु एक हजार ५०० शुल्क लिँदै आएको छ । त्यस्तै एकपटक हेलिकप्टर अवतरण गरेवापत रु तीन हजार अवतरण शुल्क लिने गरिएको प्रमुख संरक्षण अधिकृत उपाध्यायको भनाइ छ ।

विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार १४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बुमा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेको छ । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।




भर्खरै