१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा सुर्ति सेवनबाट प्रतिवर्ष २७ हजार बढीको मृत्यु, कर बढाउन सरकारलाई सुझाव



अ+ अ-

काठमाडौं । स्वास्थ्य अधिकार र सूर्तिजन्य नियन्त्रण नेटवर्कले सुर्तिजन्य पदार्थमा कर बढाउन सरकारलाई सुझाव दिएको छ । 

आम सर्वसाधारणको पहुँच नपुग्ने गरी करको दायरा बढाउन र हरेक उत्पादनमा ९० प्रतिशतभन्दा बढी चेतावनी मुलक सन्देश राख्ने नियम कडाईका साथ पालना गराउन सरकारलाइ सुझाव दिएको हो । नेपालमा सुर्ति सेवनकै कारण प्रतिवर्ष २७ हजार बढी नागरिकको मृत्यु हुने गरेको भन्दै नेटवर्कले यस्तो सुझाव दिएको हो । नेटवर्कको समन्वयमा रिसोर्स सेन्टर फर प्राइमरी हेल्थ केयरले आयोजना गरेको कार्यक्रममा नेटवर्कका संयोजक शान्तराम मुल्मीले नेपालमा प्रतिवर्ष २७ हजार १ सय ३७ जनाको मृत्यु हुने गरेको बताउनुभयो । सहज पहुँचका कारण ग्रामिण क्षेत्रमा ३९ दशमलव २ प्रतिशतले सुर्ति सेवन गर्ने गरेको उहाँले बताउनुभयो । सर्वसाधारणको पहुँच नहुने गरी उत्पादन र विक्रिवितरणमा कर बढाउनुपर्ने उहाँले बताउनुभयो ।

सरकारले आफैले बनाएको नीतिहरु समेत कार्यान्वयनमा कमजोर देखिएको उहाँको भनाई छ । सुर्तिजन्य उत्पादनमा ९० प्रतिशतभन्दा बढी चेतावनीमुलक सन्देश राख्ने नियम भएपनि स्वदेशी कम्पनीहरुले पालना नगरेको तर्फ सरकारको ध्यान जान नसकेको उहाँले बताउनुभयो । विदेशी कम्पनीहरुले समेत सो नियमको पालना गर्ने गरेको भएपनि नेपालको सूर्य नेपाल टोबाकोले ७५ प्रतिशत मात्रै चेतावनीमुलक सन्देश छाप्ने गरेको उहाँले बताउनुभयो । सरकारले आफ्नो नियम पालना गराउनुको सट्टा सुर्तिजन्य वस्तु उत्पादन गर्ने कम्पनीहरुलाई सम्मान गरेर उनीहरुको इज्जत बढाउन काम गरिरहेको उहाँको भनाई छ ।

नेपालमा १० वर्षभन्दा माथि उमेर समूहका ३३ प्रतिशत व्यक्तिले सुर्ति सेवन गर्ने गरेको तथ्याङ्क छ । जसमा २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिला रहेका छन् । तथ्याङ्क अनुसार सबैभन्दा बढी पहाडी क्षेत्रमा ६८ दशमलव २ प्रतिशत, तराई क्षेत्रमा ४२ दशमलव २ प्रतिशत र मध्यपहाडी क्षेत्रमा ४० प्रतिशतले सुर्ति सेवन गर्ने गरेका छन् । ९८ प्रतिशत बढी व्यक्तिलाई सुर्ति सेवन स्वास्थ्यका लागि हानिकारक छ भन्ने थाहा हुँदहुँदै पनि सेवन गर्ने गरेको तथ्याङ्कले देखाउँछ । सुर्तिसेवन गर्ने व्यक्तिहरुका कारण कार्यक्षेत्रमा २२