६ असार २०८३, शनिबार
,
Latest
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना छैन: कांग्रेस सभापति देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ ।

थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्कदा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले सत्ता समीकरण फेरबदल हुने हल्ला मात्रै भएको बताउनु भयो ।

सभापति देउवासंगै रहनु भएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सत्य नभएको बताउनु भयो ।

उहाँले सरकार परिवर्तनबारे आएका समाचार हेरेर आफु छक्क परेको जनाउनु भयो । उहाँले भन्नुभयो ‘तपाईंहरुले आफैं भन्नुभो हल्ला भनेर, अलिअलि इन्टरनेटमेन्टका लागि पनि यस्ता न्यूजहरु आउने गर्छ ।’

उहाँले यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी समेत भएको जानकारी गराउनुभयो ।