१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढी भाडा लिने गाडीमाथि कारवाही



अ+ अ-

रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँका महेशकुमार श्रेष्ठलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानुपर्ने भयो । पाँच वर्षदेखि बाथरोगबाट पीडित उहाँ लकडाउनका कारण नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जान पाउनुभएको थिएन । 

लकडाउन अन्त्यको घोषणा भएपछि उहाँ काठमाडौँ जान सदरमुकाम मन्थली झर्नुभयोे । मन्थली ती हिँडेर आउनुभयो तर लकडाउन खुलेको भए पनि सार्वजनिक यातायातका साधन अझै जिल्ला बाहिर चलेका छैनन् । काठमाडौँ जाने साधन पाउन उहाँलाई गाह्रो भयो । स्वास्थ्य समस्याका कारण जसरी पनि काठमाडौँ जानपर्ने बाध्यतामा पर्नुभएको उहाँले दिनभर काठमाडौँ जाने साधन खोज्नुभयो तर कतै भेट्नुभएन ।

त्यो रात उहाँको मन्थलीमै बास भयो । भोलिल्ट बिहानैदेखि काठमाडौँ जाने सवारीको खोजीमा लाग्नुभयो । दिनभरको प्रयासपछि बल्ल काठमाडौँ जाने निजी बोलेरो भेट्नुभयो । शरीरको दुखाइ र दुई दिनको मन्थलीको गर्मीले गल्नुभएका उहाँ साँझपख प्रदेश ३­१०२३ च २४२६ नम्बरको बोलेरो चढ्नु भयो ।

गाडी चढेको केही समयपछि भाडाको बारेमा कुरा भयो । ‘‘चालकले मन्थलीबाट काठमाडौँ गएको भाडा रु दुई हजार ५०० भनेपछि  म त छक्क परेंँ’’, उहाँले भन्नुभयो “कुल ५०० रुपैयाँ भाडा लाग्ने ठाउँको भाडा दुई हजार ५०० भनेपछि छक्क पर्नु पनि स्वभाविक नै हो । 

भाडामा ५० प्रतिशतसम्म वृद्धि गर्न पाउने कुरा उहाँले सुन्नुभएको थियोे । पाँच गुना बढी भाडा लिएपछि उहाँले प्रतिवाद गर्नुभयो । चालकले भाडा घट्ने कुरै गरेनन् । अन्तमा दुई हजार रुपैँया भाडा तिरेर उहाँ रातको १२ बजे काठमाडौँं पुग्नुभयो ।  

लिखु तामाकोशी गाउँपालिका–२ दुरागाउँका विजय सुनुवार पनि एक दिनभरि लगाएर हिँडेर काठमाडौंँ जान गाउँबाट मन्थली आउनुभयो । मन्थली बजारमा बाक्लै गुड्ने सुमोले टिकट नकाट्ने शर्त राखेर दुई हजार ५०० देखि तीन हजरसम्म भाडा मागेपछि उहाँ पनि छक्क पर्नुभयो । गाडी भाडा सुनेर के गर्ने भन्ने दोधारमा पर्नुभएका उहाँ अन्तिममा टिकट नकाटी दुई हजार ५०० भाडा तिरेर काठमाडौंँ जानुभयो ।
 
यी दुई उदाहरण मात्र हुन् । अहिले असहज अवस्थाको मौका छोपेर सवारी साधनले मनलाग्दी भाडा असुल्दा दैनिक सयांैको सङ्ख्यामा यात्रु ठगिएका छन् । सर्वसाधारणको बाध्यताको फाइदा यातायात सञ्चालकले लिइरहेका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामेश्वर पाण्डे बिरामी बोक्ने, शक्ति र पहँुचका भरमा सञ्चालन भएका र प्रशासनबाट पास लिएका केही सार्वजनिक सवारी साधनले बढी भाडा लिएको गुनासो आएको बताउनुहुन्छ । अहिलेसम्म बढी भाडा असुल्ने १५ भन्दाबढी निजी सवारीलाई कारवाही गरिएको उहाँले बताउनुभयो । 

बढी भाडा लिएको गुनासो आएसँगै चेकजाँचमा कडाइ गरिएको उहाँले बताउनुभयो । उहाँले चेकपोष्टमा रहेका प्रहरीले सोधखोज गर्दा आफूसँग लिएको भाडाका बारेमा सत्य बोल्न यात्रुहरुसँग आग्रह समेत गर्नुभयो । 

रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिरामी लैजाने र अन्य विभिन्न प्रयोजनमा काठमाडौँं जाने पास लिएका सार्वजनिक सवारीले बढी भाडा लिएको गुनासो आएसँगै त्यस्ता सवारीलाई दिइने पासमा थप कडाइ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बढी भाडा असुलेको गुनासो आएपछि चोकजाँमा थप कडाइ गरी बढी भाडा लिने सार्वजनिक तथा निजी सवारी साधनलाई कारवाही गरिएको छ’, उहाँले भन्नुभयो ।