६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौं । अदालतले नेपाली कांग्रेसका सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

शनिबार साँझ पक्राउ परेकी राईलाई आइतबार अदालत उपस्थित गराइएको थियो । उनी काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा छिन् ।

राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि उनी लामो समयदेखि फरार थिइन् ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । उनी कांग्रेसबाट समानुपातिक सांसद हुन् ।