२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कति भारि बोकेर दौडिन्छौ ?



अ+ अ-

केहि दिनदेखि विशेष गरेर कोरोनाकोे माहामारी बिचबाट समाजमा केहि नयाँ विषयहरु चर्चामा देखिन थालेको छन । समाज के हो? संस्कार के हो ? कर्तव्य के हो ? अधिकार के हो ? यावत विषयले धेरैलाई धेरै प्रश्नहरु छाडेको छ । विज्ञान र प्रविधिको युगमा आउने समाचारहरु, देखिने दृश्यहरुले आम मानिसलाई के साच्चै संचेतना अभिवृद्धि गरेको छ त ?अब उ बेलामा घिउ खाको ऐले मेरा हात सुङ सुङ भेने झै पहिलेका कुराहरु,कामहरु, ब्यवहारहरुको अब केहीअबशेष मात्र रहेको अवस्थामापहिलाको गन्ध न आउन सक्छ । 

ईतिहास एक दस्ताबेज हो, प्रमाण हो ईतिहासलाई कम आकलन गरेर भविष्यवाणी गर्दा अलिहतार हुन सक्दछ । हिजो कुन रुपमा समाज उभिएको थियो त्यो हिजोको लागि धेरै हद सम्म सहि नै भएको हुनु पर्छ । हामीले पढ्ने गरेका निति कथा, दर्शनले के सिकाए त ? के पढेछौ त हामीले ? कस्को शिक्षा पढ्दै छौ ? कस्तो शिक्षाको फेला परेछौ त ? घरमा आएका पाहुना (नयाँमान्छे)आफन्तलाई नमस्कार गर्न गराउन कसले सिकाउने हो ? किनगर्दा नि हुन्छ ?गर्दा के हुन्छ ? तर्क बितर्क बहस शुरु हुन्छ । फेसबुकमा लाईक र कमेन्टमा रमाउने, कमेन्ट र लाईक गनेर दिन बिताउने पुस्तामा छौं हामी । परिवर्तन स्वीकार गर्नुको विकल्प छैन । त्यही परिवर्तन मार्फत सुचना प्रबिधिको माध्यमबाट टाढाका नजिक, नजिकका टाढा भएको देखिन्छ । परिर्वतन केहि समयान्तरमा रुपान्तरण भएर त्यसको अनेक रुप हुदै जान्छ । तर दिगो के भयो ?दिगो के हुन्छ ? मन के ले छुन्छ भन्ने आधारभुत कुरा भुल्नु हुदैन । 

मन छुनलाई आलु उसिनेर खादाँ,आलु काटेर पकाउदा कम्तिमा आलु हेर्दा पनिआलु नै जस्तो देखियोस र त्यसको बास पनिआलुकै आउनु पर्छ । परिवर्तन त भयो आलु चिप्समा परिवर्तन भयो अनि जिब्रोमा अजिना मोटोको स्वाद र कृतिम रंगले भरिदियो । अनि यहि क्रममा चिप्स त परिचित भयो तर चिप्सको मुल रुप आलुको नामै हराएर गएझै परिवार,समाजमा गरिने ब्यवहार, साईनो अनुसारको बोली सम्बन्धक्रमशलोप हुदै जादैछ । आजहातमामोबाईल छ र पनि पिडा छ, हिजो साथमा साथीभाई, ईष्ट मित्र सबै थिए सबै खुसी देखिन्थे । आज एक जनामात्र मान्छे खुसी देख्न कठिन छ । सकारात्मकभावनाले बोल्न, आफ्ना बिचार व्यक्तगर्न असक्षम छ मान्छे । मान्छेलो मान्छेलाई खोतलेर, गिजोलेर जब उसको भावनाभित्र पस्न समर्थवान हुन्छ अनिमात्र उ खुसी देखिन्छ तर त्यस बेला उ संग उसको  खुशी हेर्ने मान्छे हुन सक्दैन । हाम्रो समाजमा अर्काको व्यक्तिगत कुरा सुन्ने, चाखलिने, त्यस्ता सुचनाहरु सुन्दा, सुनाउदा त्यसबाट बढी आनन्द लिने प्रचलन बढेको अवस्था छ ।

को झुण्डीएर मर्यो, कसले नदीमा हाम फाल्यो ?कसको सम्बन्धको संग छ ?कसले के खायो ? के लायो ?कतिखर्च गरेर विवाह गर्यो ? कतिको भोज खुवायो ? यस किशिमका व्यक्तिवादी घटनाहरुको पछि लाग्दा लाग्दै हाम्रो समाज र सोच कता पुग्छ ? हो जानकारी लिनु पर्छ, सुचनाको हक सबैलाई छ तर जानकारी मुलक र संचेतनामुलक विषयहरु भन्दापनि बढी उत्तेजना मुलक, हिंसात्मक, भ्रामक विषयहरु प्रति बढी केन्द्रित हुदाँ त्यसको असर पनि यहिँ समाजलाई पर्दछ । सामाजिक विज्ञानमा सबै गलत र सबै ठिक हुदैनन । समाजले गलतलाई गलत र सहिलाई सहि नैभन्न सक्नु पर्छ र त्यही स्तरको पुस्ता तयार गर्नु पर्छ ।         
ज्ञान लिनु पर्ने हो जानकारी हैन । मान्छेको मनोविज्ञान बुझेर समय अनुकुलक भविषयहरुको उचित उठान गर्नु अहिलेको युवा पुस्ताको दायित्वहोर समाजिक उत्तरदायित्व भित्र मैले यो यो कामगर्नु पर्छ भन्ने दायित्वबोध हुनु अनिवार्य छ तर यो कसले गराउने ? कसले सक्छ अहिलको युवालाइृ सहीमार्गमा ल्याउन ? परिवार, विद्यालय? छिमेकी ?साथी ?शिक्षा ? सुचना ? धेरै छन् यसकाबाहिरी र भित्रीतत्वहरु ।

परिवार पहिलो पाठशाला हो तर अहिले तीनबर्ष नपुगेको बच्चालाई विद्यालय पठाउन थालेका र्छौ अब उसको पाठशाला कताहो ? कुन हो ? घरका आमा बुबा दाजु, भाई, दिदी, बहिनीअन्य साईनो अब दशैमा मात्र भन्नु पर्छ अरु बेलाती साईनोका मान्छेसंग भौतिक रुपमा भेट हुन कठिन छ भिडियोमा मन नलागि नलागि बोल्ने,बोल्न लगाउने, बोलाउने,चिनाउने क्रम भने रहि रहनेछ । अनि उसको को हो गुरु ? के हो  पुस्तक ? के हो साईनो सम्बन्ध ? वर्ष दिनमा एक पटक आउने जन्मदिनमा आउने सबैलाई कसरी चिन्नु ?कुन केक काट्ने र के के पकाउने, कुन कुन फोटाहरु फेसबुकलाई खिचिदिने भन्दाभन्दै दिन बित्छ, भोली पल्ट देखि उहि समय उहि जीवन । अनि हामी संस्कारको कुरा, ज्ञानका कुरा कसरी लिनेहो, दिने हो ? बालबालिकालाई गालि गरेर आफुनो ईज्जत जोगाउन तिर लाग्दै उचित हुने ठानेर एक छिन गाली गरो यसो भएन उसो गरेन भनिदियो बास खेल खत्तम । अनि बिद्यालयलाई दोष दिनु के दिनु । शिक्षक र गुरु बिचको फरक आफैले सिकाउनु जरुरी छ ।

केहि हद सम्म कोरोना माहामारीले मान्छेलाई आफ्नो अमुल्य जिवनप्रति एक छिन सोच्न बाध्यबनाएको छ । आधारभुत कुराहरु हाम्रा पिता पुर्खाले चलाएका नियमहरु ठिक रहेछन भन्ने अवधारणा आएको छ । मान्छे टक्क रोकियो भने पो याताउता हेर्न देख्न सक्छ कुदेको कुदै गरेका मान्छेहरु लाई कसले भनिदिने ए हजुर जीबन अमुल्य छ ,पर्खेर बिसाउर्दै जाउ । कति भारि बोकेर दौडिन्छौ ? भारि बिसाएर सुन्दर जीबनको अनुभव गरेर बाच । एक मुठि श्वास फेर्नलाइृ यो पुरा वायुमण्डल नै तिम्रो मात्रहो । तातो र चिसो छुट्याउन सक्ने यि हातका औलाहरुलाई लाटो हुनबाट बचाऔं । प्रकृति नै सृष्टी हो प्रकृति रहे नै हामी रहने पक्का हो । मान्छे उत्पतिकालदखि नै प्रकृतिमा आवद्ध भएर बाचेको थियो र अब बाच्छ भने प्रकृतिले गर्दा नै बाच्ने छ बाकी शिक्षा, स्वास्थ्य, भौतिक विषयहरु त केवलमानव रहे त हुने हुन ।