१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै व्यापारीहरुको प्रदर्शन



अ+ अ-

काठमाडौं । सिभिल मलका व्यापारीहरुले लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । 

सिभिल मलका व्यापारीहरु लकडाउन अवधिको भाडा छुट दिनुपर्ने माग गर्दै मल सञ्चालक विरुद्ध आन्दोलनमा उत्रिएका छन् । सिभिल मल व्यापार संघका उपाध्यक्ष धनबीर श्रेष्ठले लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै १० दिन यता प्रदर्शन गरिरहेको बताउनुभयो । उहाँले मल सञ्चालकले वार्ताका लागि अहिले सम्म नबोलाएको र सञ्चालकसँग समझदारी नहुँदा सम्म आन्दोलनलाई जारी राख्ने बताउनुभयो ।

व्यापारीहरुले लकडाउन अवधिभर पसल खोल्न नपाएको भन्दै उक्त अवधिको पुरै भाडा छुट दिनुपर्ने बताएका छन् । उनीहरुले लकडाउन खुलेपछि पनि व्यापार नभएकाले भाडा तिर्न नसक्ने बताएका छन् ।