१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधि व्यवसायीहरु आज पनि आन्दोलित



अ+ अ-

काठमाडौं । विभिन्न माग राख्दै औषधि व्यवसायीहरुले आजपनि आन्दोलन गरेका छन् । 

नेपालमा उत्पादन हुने औषधिहरुको आयातमा रोक लगाउनुपर्ने, स्थानीय औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने माग राख्दै व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् । आफुहरुसँग सरकारले पटक पटक सम्झौता गरेपछि कार्यान्वयन नभएको वयवसायीहरुको गुनासो छ ।

औषधिजन्य वस्तुको दर्ता र गुणस्तरमा सम्झौता गर्न नहुने, गुणस्तरहिन औषधि आयात र विक्रि वितरणमा प्रतिवन्ध लगाउनुपर्ने माग राख्दै व्यवसायीहरुले आन्दोलन सुरु गरेका हुन् ।

नाकाबन्दी र भूकम्पको समयमा समेत औषधि अभाव हुन नदिएको स्मरण गर्दै नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले औषधि उद्योगमाथि सरकारले कुदृष्टि परेको बताउनुभयो ।

असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघको आपत्ति छ । नेपालमा अहिले पनि सेनिटाइजरको गुणस्तरिय र व्यवस्थित रुपले उत्पादन भइरहेको उहाँले बताउनुभयो ।  

सरकारले एकलौटी रुपमा औषधिमा दशौं गुणासम्म बढाइएको राजस्व खारेज गर्नुपर्ने, विनादर्ता र गुणस्तर स्यानिटाइजर बिक्री गर्दा जनताको स्वास्थ्यमा असर गर्ने भन्दै त्यसलाई रोक लगाउनुपर्ने उनीहरुको माग छ ।