१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धिको अभियान काँग्रेसले पूरा गर्छ : नेता सिंह



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान काँग्रेसले पूरा गर्ने बताउनुभएको छ । 

चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन काँग्रेसले मात्र सक्ने बताउनुभयो । 

पार्टीका पूर्व महामन्त्री सिंहले काँग्रेसको १४औँ महाधिवेशनले समृद्धिको अभियान पूरा गर्नसक्ने नेतृत्व ल्याउने विश्वास समेत व्यक्त गर्नुभयो । “फागुन ७ देखि शुरु हुने पार्टीको १४औँ महाधिवेशनले नेतृत्व परिवर्तन हुनुपर्छ,”–उहाँले भन्नुभयो । 

नेता सिंहले वर्तमान सरकारले समृद्धिको अभियानलाई अगाडि बढाउन नसकेको आरोप लगाउनुभयो । कोरोना परीक्षण र नियन्त्रणमा सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको उहाँको भनाइ छ । 

उहाँले चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्यजस्तो संवेदनशील सामग्रीमा भ्रष्टचार गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।