१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

खरिपाटी क्वारेन्टिन व्यवस्थापनमा भ्रामक समाचार दिइयाेः नेपाली सेना



अ+ अ-

काठमाडाैंः भक्तपुरकाे खरिपाटी क्वारेन्टिन व्यवस्थापनका बारेमा केहि सञ्चारमाध्यम, अनलाइन पाेर्टल तथा एफ.एम. रेडियोमा समेत क्वारेन्टिन व्यवस्थापनमा नेपाली सेनाको बारेमा प्रकाशित पुष्टिहिन समाचारहरु प्रति नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ ।

कोभिड-19 ले आक्रान्त भईरहेको आजको विषम् परिस्थितिमा नेपाल सरकारद्धारा नेपाली सेनालाई प्रदान गरिएको खरिपाटी क्वारेन्टिन व्यवस्थापन कार्यमा नेपाली सेनाले दत्तचित्त भएर कार्य सम्पादन गरिरहेकाे उल्लेख छ । 

सेनाले विदेशबाट आउने नेपाली नागरीकलाई प्रदेश अनुसार ग्रुप छुट्याई ३० जना संभावित संक्रमितलाई छट्टै ब्लकमा राखि अन्य बाँकीलाई प्रदेश अनुसार जम्मा ३ वटा भवनमा व्यवस्थापन गर्ने गरेको तथा क्वारेन्टिन व्यवस्थापन कार्य सम्पादनमा क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई खानाको व्यवस्था गर्ने जिम्मेवारी नेपाली सेनाको नभएतापनि मानव कल्याण आश्रमबाट प्राप्त हुने गरेको खाद्य सामग्रीहरुबाट खाना बनाउने कार्यमा नेपाली सेनाले समेत सहयोगी भूमिका निर्वाह गरि नं.१ प्रदेशको होल्डिङ्ग एरिया (ईम्पेरियल पार्टी प्यालेस) बाट प्रत्येक दिन २ प्रहर खाना र दिउँसोमा खाजा गरि ३ पटक खाना दिने गरेको साथै प्रत्येक दिन खानासंगै ३ बोतल पानी समेत दिने गरिएको जनाएकाे छ ।

यस्तै, जनस्वास्थ्यको समन्वयमा अशक्त विरामी र महिलालाई च्यवनप्रास वितरण गर्ने गरेको, तथा शहरी विकास मन्त्रालयबाट प्राप्त नुहाउने साबुन, कपडा धुने साबुन, टुथ पेष्ट, टुथ ब्रस र तातोपानी खान मिल्‍ने कप प्रत्येक व्यक्तिलाई वितरण गरिएको साथै, टिस्यु पेपर, सेनिटाईजर माक्स समेत वितरण गरिएको सेनाले स्पष्ट गरेकाे छ ।

याे पनि पढाैं

 

सीसीएमसीसँगकाे समन्वयमा पिसिअार टेस्टको लागि समन्वय भईरहेको तथा स्वास्थ्य सामग्री सहित स्वास्थ्य मन्त्रालयबाट खटाईएका डाक्टर अधिकृत सहित २ जना मेडिकल स्टाफ क्वारेन्टाईन भित्रकै डाक्टर व्लकमा रहि दैनिक स्वास्थ्य सेवा  दिईरहेको यसका साथै २४ सै घण्टा एम्बुलेन्स सेवा तयारी अवस्थामा राखिएको

सेनाले एकजुट भई महामारीको सामना गर्नु पर्नेमा हचुवाको भरमा पाठक वर्गलाई दिग्भ्रमित गर्ने अभिप्रायले तथा सैनिक व्यक्तिहरुको मनोबललाई कमजोर तुल्याउने हेतुले प्रकाशन भएका समाचारहरु प्रति नेपाली सेना खेद प्रकट गरेकाे छ ।