२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार, दल र व्यवस्थाप्रति जनतालाई विश्वास दिलाउन आवश्यकः प्रमेख सचेतक पाण्डे



अ+ अ-

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जनतालाई विश्वास दिलाउनु अहिलेको मुख्य चुनौती रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक पाण्डेले यस्तो बताउनुभएको हो ।

सरकार, दल र व्यवस्थाप्रति जनतालाई विश्वास दिलाउन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले उपलब्ध स्रोत र साधनको उपयोग गरेर औद्योगिक विकास गर्न नसकेसम्म अगाडि बढ्न नसकिने समेत उल्लेख गर्नुभयो । पाण्डेले अगामी आर्थिक वर्षको बजेटमा छिटो उत्पादन दिने र परिणाममुखी योजनाहरुलाई प्राथमिकतामा राख्न आग्रह समेत गर्नुभयो । उहाँले सरकारले जेन–जी पुस्ताको कुरामा समावेश गर्नु स्वागतयोग्य रहेको उल्लेख गर्दै उहाँले भर्खर जन्मेका शिशुहरुको कुरामा समेत ख्याल गरेर अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग स्रोत साधनहरु उपयोग गर्ने गरेर जबसम्म उद्योग निर्माण गर्न सक्दैनौं तबसम्म्म हामीले जतिसुकै कुरा गरेपनि अगाडि जान नसक्ने भयौं । अहिलेको समस्या भनेको जनताको विश्वास वृद्धि कसरी गर्ने भन्ने हो । सरकारप्रति, दलप्रति, व्यवस्थाप्रति, जनतालाई विश्वास दिलाउन आवश्यक रहेको छ । विश्वमा छिटो छिटो भइरहेको विकासका लागि कार्यगत रुपमा हामीले छिटो उत्पादन दिने खालका विषयवस्तुहरुमा ख्याल गरौँ । जेन–जीको कुरा पनि आएको छ । त्यो ठिक छ तर भर्खर जन्मेको शिशुको बारेमा पनि हेर्नुपर्यो । त्यसकारण कार्यगत कुरा र नीतिगत कुरामा ख्याल गरेर अगाडि जानुपर्छ ।’

अगामी आर्थिक वर्षको बजेट कार्यान्वयनयोग्य बनाउन प्रमुख सचेतक पाण्डेको सुझाव छ ।