२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु कार्यमा हातेमालो गर्न विलम्व नगरौँः मन्त्री ठकुरी



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्बन आफूले सिर्जना नगरेको जलवायु संकटको सम्पूर्ण प्रहार नेपालले व्यहोर्नुपरेको बताउनुभएको छ ।

राजधानी काठमाडौं शुक्रवारबाट शुरु भएको ‘सगरमाथा संवाद’ मा बोल्दै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य हुँदाहुँदैपनि संकटको सामना गर्नुपरेको उहाँको भनाइ छ ।

उहाँले नेपालका साना किसान, महिला, आदिवासी, जनजाति, बालबालिका र वृद्धहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेको उल्लेख गर्नुभयो । उहाँले जलवायु सूचकहरुले खरताको सीमा पार गरिसकेको भन्दै जलवायु कार्यमा हातेमालो गर्न विलम्व गर्न नहुने बताउनु भयो ।

उहाँकाअनुसार जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानेल (आईपिसीसी) को छैटौं प्रतिवेदनले तापक्रम औसत दोब्बरभन्दा बढीले वृद्धि भइरहेको पुष्टि गरिसकेको छ । उहाँले बढ्दो तापक्रमका कारण हिमाल पग्लिने, हिमतालहरु फुट्ने भएको कारण हिममण्डहरु गम्भिर जोखिममा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जलवायु सूचकहरुले खतराको सीमा पार गरिरहेका छन् । विश्व मौसम विज्ञान संगठनका अनुसार सन् २०२४ विगत १७५ वर्षकै तातो वर्ष रहेको थियो । तापक्रम औसत दोब्बरभन्दा बढीले वृद्धि हुँदै गइरहेको कुरा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानेलको छैटौं प्रतिवेदनले पुष्टि गरिसकेको छ । हामीले विगत ३ वर्षमा हालसम्मको धेरै हिमालआश्रित क्षेत्र गुमाएका छौं । विगत दुई दशकको तुलनामा समुन्द्री सतह दु्रत गतिमा बढिरहेको छ । यस्ता धेरै परिवर्तनहरु उल्ट्याउन नसकिने खालका छन् ।

हिमनदीहरु घट्दै जानेदेखि हिमतालहरु फुट्ने, हिमपहिरो, बाढी र बद्लिँदो जलचक्र परिवर्तनका असरले परिणामहरु व्याप्त भएका छन् । हिममण्डलहरु अभूतपूर्ण जोखिममा छन् । यसले पानीको सुख्खा प्रणाली र क्षेत्रीय स्थायित्वर्ला खतरामा पारेको छ । नेपालका लागि जोखिमहरु गम्भिर रहेका छन् । हामीमध्ये जोखिममा रहेका साना किसानहरु, महिला, आदिवासी, जनजाति, बालबालिका र वृद्धवृद्धाले सामना गर्नुपरेको छ । हाम्रो योगदान कार्बन उत्सर्जनमा नगन्य हुँदाहुँदैपनि आफूले सिर्जना नगरेको जलवायु संकटको सम्पूर्ण प्रहार हामीले व्यहोर्दै आएका छौं । जोखिम हुँदाहुँदै पनि जलवायु कार्यको लागि नेपाल दृढ रहेको छ । जलवायु कार्यलाई राष्ट्रिय योजनामा हाल्दै हामीले न्यायसंगत दृष्टिकोणलाई अंगालेका छौं ।’

जलवायु परिर्वतनको संकटका बीच जलवायु कार्य गर्नको लागि नेपाल सरकार प्रतिवद्ध रहेको मन्त्री ठकुरीको भनाइ छ । उहाँले जलवायु कार्यलाई राष्ट्रिय योजनामा समावेश गर्दै सरकारले न्यायसंगत दृष्टिकोण अंगालेको दाबी गर्नुभयो ।