२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरणः युएनडिपी विकास कार्यक्रमका प्रशासक



अ+ अ-

काठमाडौैं:  संयुक्त राष्ट्र विकास कार्यक्रमका प्रशासक अचिम स्टेनरले सन् २०४५ सम्ममा कार्वन न्युट्रिलिटी हासिल गर्ने नेपालको महत्वाकांक्षाले विश्वका लागि पछ्याउन सकिने प्रेरणादायक उदाहरण प्रश्तुत गरेको बताउनुभएको छ ।

काठमाडौैंमा जारी सगरमाथा संवादका क्रममा भिडियो सन्देश दिँदै प्रशासक स्टेनरले अहिले विश्वको प्रमुख समस्या बनिरहेको जलवायु परिवर्तनको पहलमार्फत युएनडिपी विश्वभरका एक सय ४० देशसहित नेपाललाई समेत दिगो र समावेशी भविष्यतर्फ लैजाने रुपान्तरणात्मक जलवायु कार्यमा समर्थन गर्न पाउँदा गर्वको अनुभुति गरिरहेको बताउनुभएको हो ।

उहाँले सगरमाथा संवादलाई सम्बोधन गर्न पाउनु नै आफ्ना लागि विशेष सम्मान भएको बताउनु भयो । सगरमाथा संवाद संसारको सर्वोच्च शिखर सगरमाथाबाट प्रेरित भएको उल्लेख गर्नुभएको छ । एभरेष्टका नामबाट विश्वमा परिचित सगरमाथा दृढताको एक प्रकाशस्तम्भ तथा मानव संघर्षको प्रतिकको रुपमा उभिएको प्रशासक स्टेनरले बताउनु भयो । नेपाल र हिमालहरु जलवायु संकटको अग्रपंक्तिमा रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभएको छ, ‘जलवायु परिवर्तनका कारण हिमनदी र नदीहरुसहितको यो अनुपम पारिस्थितिक प्रणाली दक्षिण एशियाका करिब २ अर्ब जनसंख्याका लागि जीवनरेखा हो । जसले जलस्रोत, खाद्य सुरक्षाः जीविकोपार्जन र अर्थतन्त्रलाई धानेको छ । यो जैविक विविधताको एक सुरक्षित आश्रयस्थल पनि हो । जसले थुप्रै दुर्लभ र लोपोन्मुख प्रजातीहरुलाई संरक्षण दिँदै आएको छ । तर यो अनुपम भू–दृश्य अहिले जलवायु परिवर्तनको कारण अस्तित्वको संकटसँग जुधिरहेको छ । हिन्दुकुश–हिमालय क्षेत्रमा रहेका हिमनदीहरु तिब्र दरमा पग्लिँदै गइरहेका छन् । यो क्षति अघिल्लो दशकको सन् १०११ देखि २०२० को बीचमा भएको तुलनामा ६५ प्रतिशत छिटो थियो । २०२४ देखि २०२५ को हिउँदमा ऐतिहासिक रुपमा न्युन हिमपात भयो । जसले करोडौं मानिसहरूको लागि आसन्न जल संकटको सङ्केत दिएको छ । यी नयाँ तथ्यांकहरु होइनन् । यी त ज्ञात जीवन शैलीमा जलवायु परिवर्तन र त्यसका विनाशकारी प्रभावाहरुबाट जोगिन तथा अनुकुल गर्न तत्काल कदम चाल्नुपर्ने आहानहरु हुन् । संयुक्त राष्ट्रसंघ परिवारको रुपामा, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले विश्वभर यस्ता चुनौतीहरुको सामना गर्न सहयोग गरिरहेको छ । एशिया र प्रशान्त क्षेत्रमा हामी जोखिमको पूर्वानुमान गर्न प्रारम्भिक चेतावनी प्रणालीहरु सुदृढ गर्दैछौं र प्राकृतिक विपत्तिहरु तथा झट्काहरुको सामना गर्नसक्ने क्षमता निर्माण गरिरहेका छौं । नेपालमा, हामी सरकार र जनतासँग काँध मिलाएर उभिएका छौं ताकी पर्वतीय समुदायलाई जलवायु परिवर्तनका बढ्दो जोखिमहरुबाट जोगाउन सकियोस् ।’

उहाँले युएनडीपी विश्वभरका १ सय ४० भन्दा बढी देशहरुसहित नेपाललाई समेत दिगो र समावेशी भविष्यतर्फ लैजाने रुपान्तरणात्मक जलवायु कार्यमा समर्थन गर्न पाएकोमा गर्वको अनुभुति भएको उल्लेख गर्नुभएको छ । —न्युज एजेन्सी नेपाल

 




भर्खरै