२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउन आवश्यक छ:  प्रदेश प्रमुख भट्ट



अ+ अ-

गण्डकी। गण्डकी प्रदेश प्रमुुख डिल्लीराज भट्टले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल, छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्लास्तरीय संरक्षक गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उहाँले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउँदा सकारात्मक परिवर्तन आउने बताउनुभयो ।

बाल्यावस्थाबाटै सेवाको भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरुरी रहेको उल्लेख गर्दै प्रदेश प्रमुुख भट्टले भन्नुभयो, “कलिलो उमेरबाटै अरुको सेवा गर्नुपर्ने भावना विकसित गर्न सकेमा ती बालबालिका भविष्यमा नैतिकवान्, कर्मठ, इमान्दार र दक्ष नागरिक बन्नेछन् ।”

नैतिक शिक्षाले असल मार्गमा अघि बढ्न प्रेरणा दिने उल्लेख गर्दै उहाँले परिवर्तनका लागि सकारात्मक सोच अत्यन्त जरुरी रहेको आवश्यकता औंल्याउनुुभयो । स्वयंसेवी कार्यकर्ता, युवाहरूको सक्रिय संलग्नता र सामुदायिक सहभागितामार्फत रेडक्रसले आफूलाई अग्रपंक्तिमा उभ्याएको भन्दै प्रदेश प्रमुुख भट्टले प्रशंसा गर्नुभयो । रासस