२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी कटान रोक्न स्थानीयद्वारा श्रमदान



अ+ अ-

रामेछाप। रामेछापको मन्थली नगरपालिका-८ गाइखुराका माझी समुदायका स्थानीयले नदी कटान गर्न हप्तौँदेखि श्रमदान गरिरहेका छन् ।

गत असोज १२ गते आएको बाढीका कारण आफ्नो बस्ती नजिकको तटबन्धन तामाकोशी नदीले बागाएपछि उक्त तटबन्धन पुनः निर्माण गर्न माझी समुदायका स्थानीयले श्रमदान गरी बस्ती संरक्षणमा जुटेका हुन् ।

बाढीले बस्तीमा क्षति पुर्‍याएको बताउँदै जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उपलब्ध गराइएको रु पाँच लाखबाट करिब १५ मिटर जाली भर्ने खेलमैदान सम्याउने र खानेपानीको इनार संरक्षण गर्ने काममा सकिएको स्थानीय बालकृष्ण माझीले जानकारी दिनुभयो । अझै तटबन्धनको काम गर्नुपर्ने भएकाले आफूहरूले एक हप्तासम्म श्रमदान गरी करिब एक सय मिटर लम्बाइको तटबन्धनका लागि ढुङ्गा बोक्ने र मिलाउने काम गरिएको उहाँले बताउनुभयो ।

श्रमदानपछिको गरिएका तटबन्धनका कारण समुदायका ८५ घरधुरीसहित बस्ती, नजिकै रहेको पक्की सडक, मन्दिर र खेलमैदान जोगिने स्थानीय विशाल माझीले बताउनुभयो ।

नजिकिँदै गएको बर्सातलाई मध्यनजर गर्दै उक्त काम गरिएको उहाँको भनाइ छ । सकारात्मक कामका लागि राज्यको भर पर्नु नपर्ने भन्दै समुदायको सक्रियतामा भएका यस्ता कामले सकारात्मक सन्देश दिने धारणा राख्नुभयो । रासस