१८ असार २०८३, बिहीबार
,
Latest
असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ५ र ललितपुरका १ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १६ जनाको पीसीआर नमुना परीक्षण भएको छ । क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ७ सय ८४ पुगेको छ। ५ सय २५ जना रेडजोनमा छन्। आइतबार थप ३ जना रेडजोनमा परेका छन्। 

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ८ हजार १ सय ७४ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा १४७ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेको कुल संख्या ८ हजार ५ सय ८९ रहेको छ ।  

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।