२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व पौडेललाई गभर्नर बनाउने सहमति



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भएको छलफलको क्रममा पौडेललाई गभर्नर बनाउने सहमती भएको स्रोतले जनायो ।

सोहीअनुसार गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ । आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुने छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेल यसअघि सिफारिस समितिमा थिए । कांग्रेसले गभर्नरका लागि नाम दिएपछि समितिबाट राजीनामा दिएका थिए ।




भर्खरै