१८ असार २०८३, बिहीबार
,
Latest
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज आइतबारको मौसम पुर्वअनुमान यस्तो छ….



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ । विभागले देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमति प्रदेशका धेरै स्थान र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित वर्षाको भईरहेको छ। प्रदेश १ र २ का थोरै स्थानहरूमा भारी वर्षा पनि भईरहेको जनाएको छ । विभागले जारी गरेको आइतबारको मौसम पूर्वानुमानमा दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ । 

यसैगरी, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा र  गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने मौसम पूर्वानुमानमा उल्लेख छ । 

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रही  धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । र, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा साथै  गण्डकी प्रदेशको एक÷दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।