१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा भरतपुर मेडिकल कलेजका चार डाक्टर पक्राउ



अ+ अ-

चितवन । अवैध रुपमा रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा भरतपुर मेडिकल कलेजका  चारजना डाक्टरहरु पक्राउ परेका छन् । प्रहरीले चितवनको भरतपुरबाट  चार जना डाक्टरलाई  पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा अस्पतालको मृगौला रोग विभागका प्रमुख प्राडा. राकेश वर्मा, प्राडा.  बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ रहेका छन् डा.सुप्रभात श्रेष्ठ कलेजका कार्यकारी अधिकृत र मेडिकल काउन्सिलका सदस्य पनि हुन । चिकित्सक संगै जिल्ला प्रशासन कार्यलय चितवनका एक कर्मचारी पनि  पक्राउ परेको प्रहरीले जनाएको छ ।  

काठमाण्डौ बाट गएको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं ल्याउदैँ छ। यस विषयमा ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ। एकजना नेपाली नागरिकलाई भारतीय नागरिक बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।