१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसूर मुद्दाका फरार दुई व्यक्ति पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले बैंकिङ कसूरमा सजाय तोकेका उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज सूचना जारी गरी जनाएको छ । काठमाडौँ ताम्सिपाखाका सुनिता चित्रकारलाई बिहीबार  र काठमाडौँ कलङ्कीका मनोजलाल सिंह दुलाललाई आज पक्राउ गरिएको हो । 

उच्च अदालत पाटनको गत फागुन १८ गतेको फैसलाले चित्रकारलाई तीन दिन कैद र रु छ लाख ५० हजार जरिवाना हुने ठहर भएको थियो । सजाय बेरुजु रही फरार रहेकी चित्रकारलाई स्थानीय स्वयम्भूबाट पक्राउ गरिएको छ । यस्तै उच्च अदालत पाटनको माघ १० गतेको फैसलाले सात दिन कैद र रु १० लाख जरिवाना ठहर भई फरार हुँदै आएका सुवाललाई  स्थानीय रविभवनबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । 

उनीहरुलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ । अदालतले उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी विभिन्न मितिमा बैंकको चेक काटी बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरेको थियो ।