२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरालाई ‘खेलकुद हब’ बनाउने गरी बजेट व्यवस्था गरिने



अ+ अ-

कास्की। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको हब बनाउने गरी आवश्यक पूर्वाधार निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिने बताउनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पोखरा फुटबल मैदानको मर्मत सम्भार र क्रिकेट रङ्गशालाका लागि बजेट विनियोजन गरिने बताउनुभयो ।

“चालू आर्थिक वर्षमा पोखरामा खेलकुद पूर्वाधारका बजेट भएन, त्यसैले काम गर्न सकेनौँ । पोखरालाई खेलकुदको हब बनाउन पहिलेभन्दा बढी विनियोजन हुन्छ”, मन्त्री चौधरीले भन्नुभयो ।

पोखरा रङ्गशालामा धेरै खेलकुदका पूर्वाधार एकै ठाउँमा रहेकाले पोखरा ‘स्पोर्टस् हब’ बन्न सक्ने उहाँको भनाइ छ । “खेलकुद मन्त्रालयले पोखरालाई पूर्वाधार निर्माणका लागि प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री चौधरीले खेलाडी तथा युवाहरुलाई विदेशपलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो । खेलकुद क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत यस क्षेत्रमा परिर्वतन ल्याइने उहाँले बताउनुभयो ।

खेलकुदमन्त्री चौधरीले दशौँ राष्ट्रिय खेलकुदका लागि पर्याप्त तयारी गरेर मात्र मिति घोषणा गरिने बताउनुभयो । रासस