काठमाडौं । गायिका ज्योती मगरले आफू विगत ५, ७ वर्षयता राम्रोसँग सुत्न नसकेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै उनले यस्तो बताएकी हुन् । बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि नेपाली कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत आफ्ना समस्याहरु राख्न थालेका छन् ।
ज्योती भन्छिन् ‘कति धेरै समस्या छन् । जो समाधान भइरहेको छैनन् । तर म भन्न सकिरहेको छैन ।’
उनले अगाडि लेखेकी छन्– ‘सायद मेरो निद्रासँग अझै धेरै सम्झौता गर्नुपर्छ होला । प्यार प्यारा दिदी बहिनीहरु तपाइहरु पनि म जस्तै निद्रासँग सम्झौता गर्नुभएको छ भने आउनुहोस् । मेरो इनबक्समा दुःख सुखका कुरा गरौं । भन्न नसकेको कुराहरु एक अर्कोसँग साटेर बेस्सरी आँशु झारौं । ’












