३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध कारोबारमा संलग्न चार जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

सिन्धुली गोलञ्जोर गाउँपालिका–२ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–१२ टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट तारकेश्वर गाउँपालिका–४ घर भई हाल काठमाडौँ टेकु बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का २५ वर्षीय विजय आलेमगर पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कामाडौँको बल्खु क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको टोलीले बल्खुस्थित सडकखण्डमा शङ्कास्पद तवरले हिँडिरहेका होमराज श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा लागुऔषधको कारोबारमा संलग्न भएका पत्ता लागेपछि निजहरूलाई पक्राउ गरिएको हो ।”

प्रहरीले पक्राउ परेकाहरूका साथबाट लागुऔषध ट्रामाडोल एक हजार ६७ क्याप्सुल, नगद रु १९ हजार ५०० र विभिन्न कम्पनीका छवटा मोबाइल बरामद गरिएको जनाएको छ । पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताउनुभयो ।