२६ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ? नेप्से परिसूचक झिनो अङ्कले घट्यो असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरू गरिने गणेश नेपाली प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन ‘ह्विल लक महानगर प्रहरीले लगाएको हो’ भन्दै विपक्षीमाथि आक्रोशित बने गृहमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सन् २०२६ को १ जनवरीदेखि सञ्चालन गर्ने तयारी



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गर्नुभएको छ ।

आईतवार मन्त्रालयका सचिवसहितका उच्चस्तरीय अधिकारीसँगै मन्त्री दाहालले निर्मार्णाधिन सुरुङमार्गको अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।

सो अवसरका सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालको गोरवको विषय भएको बताउनु भयो । उहाँले लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने तयारीमा रहेको सुरुङमार्गको सब–अपरेशनको काम अगामी कात्तिक ७ गतेदेखि शुरु गरिने उल्लेख गर्नुभयो । मन्त्री दाहालले अगामी वर्ष सन् २०२६ को जनवरी १ देखि सुरुङमार्गलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो ।

मन्त्री दाहालले भन्नुभयो, ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालको गोरवको विषय हो । लामो समयको प्रतिक्षापछि यो सञ्चालनमा आउने तयारीमा छ । अहिले पनि काम भइरहेको छ । हामी अगामी कात्तिक ७ गतेदेखि सामान्य सब–अपरेशनको काम चाहीँ शुरु गर्छौं । सिभिल वर्क अक्टोवर २५ मा सकिन्छ । त्यो काम सकिएपछि हामीलाई हस्तान्तरण हुन्छ । यसलाई पूर्णरुपमा अगामी वर्षको जनवरी १ देखि शुरु गर्ने भनेका छौँ । तर त्यसअघि नै हामीले सुरुङमार्ग सञ्चालनको लागि डेमो जस्तो गरेर यसलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनका लागि कामहरु गर्छौं ।’ 

नेपालको सुरुङ युगको सुरुवात नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाट गरिने मन्त्री दाहालको दाबी छ ।