२६ असार २०८३, शुक्रबार
,
Latest
जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर) गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने सरकारलाई युवाको चेतावनी–‘तिमीहरुको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’ गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी क्रान्तिका लागि सबै माओवादी लिगेसी बोकेकाहरू एकतावद्ध हुनुपर्छः गङ्गानारायण श्रेष्ठ



अ+ अ-

नेपाल समाजवादी पार्टी (नेसपा) बाट नेकपा (माओवादी केन्द्र)मा समायोजन हुनुभएका नेता गङ्गानारायण श्रेष्ठले समाजवादी क्रान्तिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

सोमवार ललितपुरको ग्वार्कोमा भएको नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतको क्रान्तिको नेतृत्वको पुष्पकमल दाहालले गरेको बताउँदै फेरि उहाँकै नेतृत्वमा अर्को समाजवादी क्रान्ति गर्नुपरेको बताउनु भयो । उहाँले समाजवादी क्रान्तिका लागि सबै माओवादी लिगेसी बोकेकाहरू एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले कम्युनिस्ट, क्रान्तिकारी, वामपन्थी र प्रगतिशील अग्रगामी सोच राख्नेहरू समाजवादी क्रान्तिको महाअभियानमा लामबद्ध हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले प्रचण्डले नेतृत्व गरेको समाजवादी क्रान्तिले ०८४ को निर्वाचन अगाडी नै देशमा ठूलो राजनीतिक ध्रुविकरण गर्ने र समाजवादको यात्रालाई फराकिलो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हिजो क्रान्तिको नेतृत्वको कमरेड प्रचण्डले गर्नुभयो, आज फेरि अर्को समाजवादी क्रान्ति गर्नुपरेको छ । उहाँको नेतृत्वमा अर्को समाजवादी क्रान्ति गर्नको निम्ति हिजोका तमाम सबै माओवादी लिगेसी बोकेकाहरू जो जो हामी, जहाँ जहाँ छौँ, हामी सबै एकतावद्ध हुनुपर्छ । त्यतिले मात्रै पनि पुग्दैन । हामी कम्युनिस्टहरू, क्रान्तिकारीहरू, वामपन्थी, प्रगतिशील अग्रगामी सोच राख्नेहरू सबै एउटा महाअभियानमा लामबद्ध हुनुपर्छ । त्यसको निम्ति कमरेड प्रचण्डले जसरी भूमिका निर्वाह गरिराख्नुभएको छ, यसले निकट भविष्य अर्थात् ०८४ को निर्वाचन अगाडी नै देशमा ठुलो राजनीतिक ध्रुवीकरण गर्नेछ, समाजवादको यात्रालाई फराकिलो गर्नेछ ।”  

माओवादी केन्द्रमा समायोजन भएपछि केन्द्रीय सचिवको जिम्मेवारी प्राप्त गर्नुभएका श्रेष्ठले सबै कम्युनिस्टहरू एकतावद्ध भएर नयाँ यात्रामा अघि बढे नयाँ गन्तव्यमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।




भर्खरै