२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो एजेण्डामा साथ दिन रास्वपाबाट प्रतिपक्षदलहरुलाई आव्हान , प्रश्न पछि मात्र गृहमन्त्रीलाई बोल्न दिने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार भोली बस्ने प्रतिनिधिसभा बैठकमा एक भएर उभिन प्रतिपक्षदल नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत अन्य दललाई आह्वान गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले माओवादी, राप्रपा लगायत अन्य दललाई पनि सँगै उभिन आग्रह गरेको हो । बैठकले कांग्रेस पदाधिकारी वैठकले गृहमन्त्री रमेश लेखकलाई  भिजिट भिसा सेटिङ प्रकरणमा  क्लीन चिट दिन खोजेको भन्दै आपत्ति जनाएको छ ।

रास्वपाले भोलिको सदनमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने बताएको छ । तर, गृहमन्त्रीले जवाफ दिनुभन्दा अगाडि आफूले प्रश्न सोध्न पाउनुपर्ने पार्टीले शर्त राखेको छ ।

दलको वैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले भन्नुभयो ‘पहिले हामीले प्रश्न सोध्न पाउनुपर्यो । सोध्दै नसोधेको प्रश्नको जवाफ दिएर हुँदैन । हामीले प्रश्नै सोध्न नपाइकन जवाफ दिएर लुसुक्क हिँड्न दिँदैनौं । प्रश्न सोध्न पाउनुपर्छ । उहाँलाई के थाहा छ हामीसँग के के प्रमाण छ, कस्ता सूचना छन् भन्ने ।’

उहाँले गत वर्ष २२ वटा वैठकसम्म दुई महिना तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिइएको स्मरण गर्दे भन्नुभयो ‘उहाँहरुले हाम्रो सभापतिलाई दुई महिनासम्म बोल्न रोक्नुभएको थियो । तर, हामी त्यस्तो गर्दैनौं । हामी उहाँहरुको भन्दा सुदृढ संसदीय अभ्यास गरेर देखाउनेछौं ।’

उहाँले भन्नुभयो ‘अरुको बारेमा प्रश्न उठ्दैमा राजीनामा चाहिने, आफ्नो चाहिँ पदाधिकारी वेठकबाट क्लीन चिट लिने ? कांग्रेसको पदाधिकारी वैठकले कसरी क्लीन चिट दिन पाउँछ ? अनुसन्धानमा सघाउनुपर्ने होइन ?’




भर्खरै