२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम प्रतिकूल भएपछि विश्वप्रकाश शर्माको सगरमाथा आरोहण स्थगित



अ+ अ-

काठमाडौं । सगरमाथा आरोहण गर्न तम्सिएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाशको यात्रा यस पटक बीचमै रोकिएको छ ।

मौसम प्रतिकूल भएपछि शर्माले आरोहण स्थगित गरेका हुन् । उनी सगरमाथाको क्याम्प थ्री नजिकबाट फर्किएका हुन् ।

महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत् यस पटकको आफ्नो सगरमाथा आरोहण यतिमै स्थगित गरिएको जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

यसपालिको उपलब्धि मंसिर २८ मा आरोहण गरेको लोबुचे हिमाल ( ६१४५ मिटर ) भन्दा माथी, सगरमाथा Camp 3 (७२०० मिटर) नजिक l

`सेमिफाइनल´ सगरमाथा बेसक्याम्प´सम्म, भनिराखेर हिंडेको मान्छे

`ट्रेनिङ´ ले उर्जा दिएपछि, काठमाडौ सम्पर्क गरेर अनुमति पत्र मगाएर , `खुम्बु आइसफल´ पार गर्दै, camp 1 र 2 मा बासबस्दै Camp 3 नजीकबाट फिर्ता l यु-ट्युबमा हेरे भन्दा धेरै जोखिमपूर्ण रहेछ खुम्बु आइसफल l

खराब मौसमले फर्किएका मध्ये संभवत भोलि 27 र 28 May दुइ मध्ये

एकदिन आदरणीय कामिरिता शेर्पा र भारतीय सैनिक टिमले आरोहण गर्नेछन् l May 24 लाई निर्धारित हाम्रो आरोहणलाई मौसमले धकेलेर May 29 मा पुर्‍यायो l आज सोमबारको रात हामी पुन खुम्बु आइसफलको बाटो हिँड्नु थियो, तर बिहानै मौसमको ताजा विवरण दिँदै मित्र दावा शेर्पाले भन्नुभयो- May 29 को अन्तिम दिन मौसम झनै खराव देखायो l 29 May पछि आरोहण गर्न पाइन्न, त्यसकारण यसपालि यत्तिमै बिट मारौं होला !

बैशाख २७ मा बेसक्याम्प पुगेर, छोटो समय ट्रेनिङ लिएर, एउटा निश्चित उचाईसम्मको अनुभव प्राप्त गर्न पाउँदा सन्तोष व्यक्त गर्दै तपाईं सबैको शुभेच्छाप्रती हृदयले आभार व्यक्त गर्दछु l सगरमाथा त्यहीँ छँदैछ, म यहीँ छँदैछु, तपाईंको शुभेच्छा पाउनेछु नै, अनि समय फेरि आउनेछ नै !