२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा… बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलिड्यारीड्याड र नेपाल तयारी पोशाक उद्योग संघबीचको सहकार्य शुरु



अ+ अ-

काठमाडौँ । नेपालको कपडा तथा तयारी पोशाक क्षेत्रमा दिगोपन प्रवद्र्धन गर्ने उद्देश्यसहित सोलिड्यारीड्याड र नेपाल तयारी पोशाक उद्योग संघबीचको सहकार्य शुरु भएको छ ।

मंगलवार आयोजित कार्यक्रममा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले पहिले नै सम्झौता भइसकेको सहकार्य आजदेखि शुरु भएको जानकारी दिनुभएको हो । कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष पाण्डेले तयारी पोशाकलाई प्रतिष्पर्धात्मक बनाउने,त्यसबाट उत्पन्न हुने फोहोर विसर्जन, रोजगारीको सिर्जनासँगै उत्पादित वस्तुहरु विश्व बजारमा पु¥याउने र नेपालमा पनि बजारीकरणका विषयमा सहकार्य हुने बताउनु भयो । नेदरल्याण्डमा मुख्य कार्यालय रहेको उक्त संस्थाले नेपालसहित ५० भन्दा बढी मुलुकमा कृषि, तयारी पोशाक, चिया र पशुपालनका क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै पाण्डेले नेपालमा भने तयारी पोशाक र चियाको क्षेत्रमा मात्र काम गर्ने जानकारी दिनुभयो । साथै तयारी पोशाकको बजारीकरणको अवस्था, ब्यापार सन्तुलन र निर्यातका विषयमा समस्या पहिचान गर्दै सरकारसँगसमेत समन्वय गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘सोलिड्यारीड्याड भन्ने एउटा अन्तर्राष्ट्रिय संस्था हो । जसले ५० वटा भन्दा मुलुकमा उहाँहरुले मिलेर कृषि, तयारी पोशाक, चिया र पशुपालनको सेक्टरमा काम गरिहेको हो । नेपालमा पनि चिया र तयारी पोशाकबाट सुरु गर्ने भनेर पहिले नै समझदारी पत्रमा हस्ताक्षर भैसकेको थियो । त्यसको बाबजुद कार्यक्रम हुन पाएको थिएन, उहाँहरु विभिन्न मुलुकबाट आज जम्मा भएर हाम्रा संस्थाका सबै सदस्य जम्मा भएर आजदेखि काम सुरु गरेका छौं । यसले विशेषगरि तयारी पोशाकलाई कसरी प्रतिस्पर्धात्मक बनाउने, त्यसबाट उत्पन्न हुने फोहोरलाई कसरी विसर्जन गर्ने, कसरी मौसमलाई खराब नगर्ने, नागरिकको रोजगार दिँदै विश्व बजारमा पुराउने र यहाँ पनि बजारीकरण गर्ने भन्ने विषयमा कसरी सहयोग गर्ने भन्ने विषय छन् । अन्तर्राष्ट्रियस्तरको मूल्यमा कसरी टाइअप गर्न सकिन्छ भन्ने हिसाबको कार्यक्रम हो । यसको मुख्य कार्यालय नेदरल्याण्डमा छ ।

आज चाहीँ खास दक्षिण एशिया हेर्ने समूह आएर विभिन्न कार्यक्रम भएको छ । हामी तत्काल कामहरु सुरु गरेर तयारी पोशाकलाई पहिलेकै अवस्थामा कसरी पुराउने भनेर उहाँहरुले पनि सहयोग गर्ने र हामीले पनि मिलेर काम गर्ने भनेर अगाडि बढेका छौं । डिसेम्बरमै सम्झौता भइसकेको थियो । तर विभिन्न कारणले यो कार्यक्रम गरेर काम शुरु गर्नुपर्नेमा चार पाँच महिनापछि । विस्तारै उहाँहरुको टिम पनि पठाउँछन् र कहाँनेर समस्या छन् त्यो समस्या पहिचान गरेर हामी दुइटै्र मिलेर सरकारसँग समन्वय गरेर तयारी पोशाकको बजारीकरण किन भएन ? विश्वमा नभइ नहुने चिज कसरी यहाँको ब्यापार घट्यो । निर्यातको हिसावमा नेपाल दोस्रो स्थानमा भएपनि तर यसलाई एक सय टाइम बढाउन सक्ने विषय हो । त्यसलाई कसरी गर्न सकिन्छ भनेर सहयोग गर्ने हो ।

निर्यातको इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा पनि यसले काम गर्नसक्छ । बजारको लागि पनि काम गर्न सक्छ, ग्रिन गार्मेन्ट भिलेजको लागिपनि काम गर्न सक्छ । यसले ब्यापार मेलादेखि इकमर्श सम्मका काममा हामीले बनाएको डिजाइनमा काम गर्नसक्छ । त्यसका लागि उहाँहरुको टीम र हाम्रो टीम बसेर छलफल हुने र सोही छलफलबाट निस्किएको निश्कर्षको आधारमा काम अघि बढ्छ ।  अहिले उहाँहरुले नेपालमा चिया र तयारी पोशाकसँगमात्र गर्ने भनेर सुरु गर्नुभएको छ । पहिला तयारी पोशाकको केही अगाडी बढेपछिमात्रै अर्को स्टेप चाल्ने भन्ने उहाँहरुको कुरा छ ।’ 

उहाँले संघ र संस्थाका प्रतिनिधि बसेर हुने छलफलबाट निस्किएका निष्कर्षको आधारमा काम अघि बढाइने जानकारीसमेत दिनुभयो ।