२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी विश्वकप लिग २ः नेपालले स्कटल्यान्डको सामना गर्दै



अ+ अ-

काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो श्रृंखलाका खेलहरू खेल्दैछ ।

नेपालले आजदेखि स्कटल्यान्डमा सुरु हुने यस शृंखलामा घरेलु टिम स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग दुई–दुई खेल खेल्नेछ ।

नेपाल र स्कटल्यान्डबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यसअघि लिग २ अन्तर्गत १२ खेलमा ६ अंक मात्रै जोडेको नेपाल हाल ८ टोली सहभागी लिगको अंक तालिकाको पुछारमा छ ।

यस शृंखला नेपालका लागि अवे मैदानमा अंक बटुलेर तालिकामा सुधार ल्याउने महत्वपूर्ण अवसर छ ।

पहिलो शृंखलामा घरेलु मैदानमा नेपालले नेदरल्यान्ड्ससँग १ जित हात पारेको थियो भने नामिबियासँग दुवै खेलमा पराजित भएको थियो ।

सेप्टेम्बरमा क्यानडामा भएको दोस्रो शृंखलामा ओमान र क्यानडासँग भएका खेलमा नेपालले कुनै जित निकाल्न सकेन ।

अमेरिकामा भएको तेस्रो शृंखलामा नेपालले स्कटल्यान्डलाई एक खेलमा हराएको थियो भने अमेरिकासँग दुवै खेलमा हार व्यहोरेको थियो । स्कटल्यान्डसँगको अर्को खेल भने वर्षाका कारण हुन सकेन ।




भर्खरै