२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद चल्नै नसक्ने परिस्थिति निर्माण हुँदा विधेयकहरू अड्किएः सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद सुचारु हुन नसक्दा विधेयकहरू अड्किएको बताउनुभएको छ ।

डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण” विषयक कार्यशालामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विभिन्न विधेयकहरूलाई कानूनको रूप दिन आफूहरू तल्लीन रहेको बताउँदै संसद नै चल्न नसक्ने परिस्थिति निर्माण भएको बताउनु भयो । उहाँले संसद चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षा सम्बन्धी ऐन लगायतका ऐनहरू अड्किएर बसेको जिकिर गर्नुभयो । उहाँले संसद्मा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सभामुख घिमिरेले कानून बनाउने, कानून कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने र सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई नियमित सञ्चालन गर्ने विधिको बारेमा सोच्न जरुरी रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “गाउँघरतिर एउटा उखान छ, म पछार्न न पछार्ने थिए तर मलाई खुट्टै टेक्न दिएन । थुप्रै विधेयकहरूलाई कानुनको रूप दिनको लागि हामी तल्लीन छौँ, त्यो गर्न सकिन्छ र गर्छौ पनि । तर, संसद नै चल्न नसक्ने परिस्थिति निर्माण भएको छ । संसद नै चल्न नसकेको अवस्थामा सङ्घीय निजामती सेवासम्बन्धी ऐन, विद्यालय शिक्षासम्बन्धी ऐन अड्किएर बसेको छ, थुप्रै कुराहरू अड्किएका छन् । यी अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भुमिका निर्वाह गर्नुपर्छ । संसद्लाई कसरी प्रभावकारी पार्न सकिन्छ ? मत फरकहरू, विचार फरकहरू खेल्ने र एउटा निष्कर्षमा पु¥याइ त्यसलाई कार्यान्वयन गर्ने थलोको रूपबाट र खास गरी कानुन बनाउने र कानून कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने, सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई त्यसरी सञ्चालन गर्ने विधि के हुन सक्छन्, यो हाम्रो सन्दर्भमा पनि हामीले सोच्नु जरुरी छ ।”  

उहाँले कार्बन उत्सर्जन गर्ने कामहरूलाई नियन्त्रण गर्न तत्कालै नलागे भविष्यको मात्रै नभएर आजकै जीवन गम्भीर बन्ने उल्लेख गर्नुभयो ।