२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक



अ+ अ-

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा सिनेमाकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल छिन् । उनलाई बारमा देखाइएको छ । औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा छिन् ।

निलो लाइटको संयोजन रहेको पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडी रक्सीको कप र औंलाको चुरोटले उनी बारगर्ल रहेको संकेत गर्छ ।

कसैले आश्वासन दिएर धोका दिएपछिको तनाव हो कि भन्ने अनुमान लगाउन सकिन्छ । तर यसबारे निर्माणपक्षले प्रष्ट पारेको छैन । बेनिशाका रोल र चलचित्रको कथाबारे विस्तारै खुलाउँदै जाने निर्माणपक्षले जनाएको छ ।

पोस्टरले कतै यो सिनेमाले काठमाडौंको रंगीन नाइटलाइफभित्रको तनाव, त्यसभित्रको डार्क साइड र मनोविज्ञानको कथा त भन्दै छैन भन्ने संकेत गरेको छ । तर, प्रष्ट छैन ।

गत बिहीबारबाट यो सिनेमाको छायांकन सुरु भइसकेको छ ।  काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा खिचिने चलचित्रको छायाकंन तालिका २० दिनको छ ।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन गरिरहेका छन् । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । उनको यो डेब्यु निर्देशन हो ।

चलचित्रको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी छन् । पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ । उनको जुङरुङ्ग कपाल तथा विछिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ ।

‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन्। कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन्  । चलचित्रको छायांकन नरेन्द्र मैनालीको हुनेछ ।

आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन् ।