२५ असार २०८३, बिहीबार
,
Latest
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकमको बिलिङ ठेक्कामा साढे ३३ करोड भ्रष्टाचार, को–को छन् प्रतिवादी ? (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रबन्ध निर्देशक पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो ।

यो कार्यमा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ हिनामिना गरिएको अख्तियारले जनाएको छ । उनीहरूमाथि नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणालीमा भ्रष्टाचार गरेको आरोप छ।

अख्तियारका अनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक पौडेल, प्रबन्ध निर्देशक पहाडी, तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा बैद्य, प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, निमित्त निर्देशक अमुल प्रधान, प्रबन्धक देवेन्द्र खतिवडा, उपप्रबन्धकहरु राजीव कुमार केसी,सन्तोष कुमार श्रेष्ठ, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, हेमप्रभा राम प्रताप कर्ण, परमात्मा भट्टराईलाई प्रतिवादी बनाइ आरोप पत्र दायर भएको छ ।

यसैगरी  AsiaInfo Linkage Technologies (China) Inc. (Currently AsiaInfo Yunghang Software ( Beijing) Limited) तथा उक्त कम्पनीका Senior Director Long Yong, CRBT&CS Project Office, Kathmandu Al Operation/Project Manager Mr. Huang Wei (Yellow ) र Local Agent Arniko International Pvt. Ltd. को Director शैलेस श्रेष्ठको आपसी मिलोमतो तथा योजनामा आफूहरूलाई लाभ र नेपाल टेलिकम लिमिटेड/सार्वजनिक संस्थालाई नोक्सानी पुर्याउने वदनियतले गैरकानूनी तवरबाट मूल सम्झौताको प्रावधान बमोजिम AMC सेवामा वर्षिक ५प्रतिशत छुट नलिइ सो प्रावधानको प्रतिकूल हुने गरी काम गरेको अख्तियारको ठहर छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/06/telecome-billing-akhtiyar.pdf” title=”telecome billing akhtiyar”]