२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटक स्टार खाबी लेमलाई किन गर्‍यो अमेरिकाले देशनिकाला ?



अ+ अ-

काठमाडौँ । टिकटकमा विश्वमै सबैभन्दा धेरै फलोअर्स भएका टिकटकस्टार खाबी लेमलाई तत्काल अमेरिका छाड्न आदेश दिएको छ ।

अमेरिकी सरकारले लामेलाई ‘स्वेच्‍छिक देशनिकाला’ अर्थात ‘भोलुन्टरी डिपोर्टेसन’ मा पठाएको हो ।

नेभाडाको लास भेगासमा रहेका बेला २५ वर्षीय लेमलाई अमेरिकी अध्यागमन तथा भिसासम्बन्धी समस्याका कारण तत्काल अमेरिका छाड्न लगाइएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

लेम जुन ६ मा लास भेगासस्थित ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाको भिसा अवधि नाघेको आरोपमा यूएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) द्वारा केही समयका लागि हिरासतमा परेका थिए ।

अमेरिकी अध्यागमनले लेम आफ्नो भिसा अवधिभन्दा बढी समय अमेरिकामा बसेको भन्दै उनलाई ‘स्वेच्छिक प्रस्थान’ को अनुमति दिएको पुष्टि गरेको छ ।

सेनेगलमा जन्मिएका र इटलीमा हुर्केका लामेलाई पक्राउ गरिएका समाचारहरू बाहिर आएको भए पनि अमेरिकी अध्यागमनले उनलाई केही समयको लागि हिरासतमा लिइएको र उनले स्वेच्‍छिक रूपमा देश छाडेको उल्लेख गरेका छन् ।

एक कारखानामा मजदुरका रूपमा काम गर्ने लेमले कोभिड–१९ महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए ।

लेमले अन्य मानिसले गरेको कुनै कार्यलाई तुलना गर्दै यस कार्यलाई कसरी सहजै गराउने भन्ने विषयलाई जोडेर आफ्नु भिडियो देखाउने गरेका छन् । बिनाकारण जटिल बनाएका छन् भनेर लेमले देखाउने गरेका छन् । तर भिडिओमा उनी बोल्दैनन् ।

उनको अनुहारको नाटकीय भावलाई देखेर मानिसहरूलाई रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन भन्ने पनि उनको भिडियोबाट झल्किन्छ ।